डा. ओमकृष्ण प्रसाईं
आजकोकुरा:चैत १६
हृदय सफा भएमात्र सफल लोकतन्त्र
बुद्ध भाव बन्नु पर्छ अब मुलमन्त्र।
सागर देखि सगर सम्म नेपालिको कीर्ति
हिंसाले होइन अब, सत्य र इमानले जिती।
बैर भाव त्यागी अब प्रेमले सन्सार जितौ
सपनामा हैन अब, विपनामा जागौ।
माटोको सुगन्ध यहि माटोमा मिसाई
इमानको रोटिमा अब, पसिना बगाई।
न्याय र समानताको मञ्चमा सँगै डटौं।
आशाको ज्योति अब, हरेक मुटुमा बालौ।
धरती हाम्रो सपूत, आकाश हाम्रो गर्व,
देशभक्तले मात्र बुझ्दछ्न नेपालिको मर्म।
संघर्ष र बलिदानको कथा लेख्नु पर्छ
समृद्धि र गौरवको लहर ल्याउनु पर्छ।
हृदय सफा भएमात्र सफल लोकतन्त्र
बुद्ध भाव बन्नु पर्छ अब मुलमन्त्र।
डा. ओमकृष्ण प्रसाईं
सिडनी, अस्ट्रेलिया
२०८१/१२/१६