अहिले देशमा तीन पक्षधर छन् : आम जनता पार्टी सहअध्यक्ष थापा

0

आजकोकुरा: वैशाख ५,काठमाडौ।सभासद तथा आम जनता पार्टी सहअध्यक्ष तिलक थापा मगरले अब जनताको शासन नआएसम्म देशले निकासा नपाउने बताएका छन् ।

आजकोकुरा डटकमसंगको कुराकानीमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
अहिले देशमा तीन पक्षधर रहेको पनि बताउदै नेता थापाले ‘अहिले लुट्न पाइरहेकाहरु यो नक्कली गणतन्त्र जोगाऔ भनिराछन्,अर्को राजाको पालामा लुटेर स्वाद चाखेकाले राजतन्त्र आए फेरि लुट्न पाइन्छ भनेर सल्बलाउन थालेका छन् अनि त्यसैगरी सच्चा देशभक्त तथा जनपृय हामी जस्ता चाहिँ असली गणतन्त्र र जनताको शासन ल्याउन तेस्रो जनआन्दोलनको तयारी गर्दै लडाइ शुरु गरिरहेका छौँ ‘भने।

त्यस्तै उनले ‘अब जनता आफै उठेमा मात्रै जनताको शासन आउनेछ,आम जनता पार्टीलाई निश्चित साथ दिनेछन् भनेर विस्वास छ।प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपती प्रणाली नभएसम्म देश र जनताले मुक्ति पाउदैन।त्यसको माध्यम तेस्रो जनआन्दोलन नै हो’समेत भने।
बाकीकुरा जस्ताको तेस्तै:

नेपाली जनता दल र गान्धीवादी पार्टी विच एकीकरण हुने

0

आजकोकुरा: वैशाख३,काठमाडौ।नेपाली जनता दल र गान्धिवादी पार्टी विच एकीकरण हुने भएको छ।

साढे दुई महिनाविचको तेस्रो चरणको वार्ता र छलफल पछि अब भन्ने पार्टी एक हुने पक्का भएको हो।

तेस्रो चरणको वार्ता नेपाली जनता दल केन्द्रीय कार्यलय काठमाडौ अनामनगरमा भएको र सो वार्ताले अब एकीकरण पुग्ने निश्कर्ष पुगेको पार्टीका अध्यक्षहरुले बताए।

वार्ता टोलिमा नेपाली जनता दल अध्यक्ष तथा सभासद हरि चरण साह र गान्धीवादी पार्टी अध्यक्ष डा.लाल बहादुर रानाको आआफ्नो नेतृत्वमा छलफलमा जुटेका थिए।

अन्य वार्ताटोलिमा जनता दल तर्फ पार्टी संगठ्न बिभाग प्रमुख राम प्रसाद साहु,उपमहासचिव निश्चल जोसि,केन्द्रिय सदस्य खड्का थिए भने अन्य गान्धिवादी पार्टीको तर्फबाट उपाध्यक्ष इन्द्र मगर,केन्द्रिय सदस्य बल राम तामाङ लगायतको वार्ता टोलिमा रहेका थिए।

अब समयको माग रहेको र देशलाइ सहि मार्ग दिन पार्टी एक हुनुपर्ने आवस्यकता रहेको दुवै दलका अध्यक्षहरुले बताए भने आउने छ महिनाभित्र सबै राष्ट्रिय भेला सप्पन्न गरि पुर्णरुप दिइ पत्रकार सम्मेलन गर्ने बताएका छन्।

जनचाहनाअनुरुप काम गर्न संघिय लोकतान्त्रिक मोर्चा : पुर्वसांसद सिटौला

0

आजकोकुरा: चैत २३,काठमाडौ।जसपा नेपाल सचिव तथा पुर्वसांसद लिला सिटौलाले जनताको बलिदानको सुरक्षा अनि जनचाहानाअनुरुप कार्य गर्न संघिय लोकतान्त्रिक मंचको गठन गरिएको बताएका छन्।
आजकोकुरा डटकम संगको कुराकानिमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
पुर्वसांसद सिटौलाले बोल्ने क्रममा ‘जनताको बलिदानको यत्रो ठूलो उपलब्धि छ,तर अझ जनचाहानाअनुरुप भएको छैन।लामो समयदेखी एउटै नश्ल र जनता झुक्याउने पार्टीले लुटतन्त्र मच्चाइरहेको हुँदा त्यसलाइ खबरदारी गर्न विशेषगरि जसपा नेपालको अगुवाइमा ७वटा दलको संघिय लोकतान्त्रिक मंच गठन गरिएको हो’भने।
यसैगरी उनले ‘दुर्गा प्रसाईं जस्तो विचार नभएको,जे पायो त्यही बोल्नेलाई लिडर बनाउदा चैत १५ गते उनीहरुको आन्दोलन हिंसात्मक बनेको हो।पुर्वराजापनि हौसिएकै हो।काठमाडौ मेयर बालेन साहले ठिक तवरले पत्र कटेका हुन् ‘समेत भने।
बाकिकुरा जस्ताको तेस्तै:

अस्ट्रेलियामा एरिकाको सानदार जीत सहित नेपालि खेलडिले जिते १ रजक र ६ कास्य पदक

0

चैत्र २३, सिड्नी, अस्ट्रेलिया

सामाजिक काम भनेको आफू फुर्सदमा रहँदा अथवा आफूलाई नेपाली करातेकी कीर्तिमानी खेलाडी एरिका गरुङले अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा स्वर्ण पदक सहित सन्तोष श्रेष्ठ (–६७ के.जी.),सबिना श्रेष्ठ (–६१ के.जी.), पुष्पका लामा (–५५ के.जी.),वर्षा बुढा मगर (–५०)लगायतले कास्य पदक जितेका छ्न। त्यस्तै अष्ट्रेलियामा बस्दा आएका नेपाली करातेका खेलाडीले पनि विभिन्न बिधामा पदक जितेका छ्न। पदक जित्ने खेलाडीहरुमा दिवस श्रेष्ठ कांस्य पदक (+८४ के.जी.), विजय श्रेष्ठ – रजत पदक (–६० के.जी.), सोनम लामा – कांस्य पदक (–६० के.जी.)
प्रशिक्षकहरुमा कुशल श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ तथा अफिसियलमा अमिर राना तथा निर्णायकमा तारा गुरुङ रहेका छन् । खेलाडीलाई हौसला प्रदान गर्ने उद्देश्यका साथ उपस्थित हुनुभएका नेपाल कराते महासङका उपाध्यक्ष डा. ओमकृष्ण प्रसाईले आफ्नै बलबुताले यति पदक पार्प्त गर्नु महत्वपुर्ण रहेको बताउनु भयो।
पदक प्राप्त गर्ने बितिक्कै गुरुङ समाज अस्ट्रेलियाका अध्यक्ष हुपतिलाल गुरुङले नगद सहित एतिहासिक पदक बिजेता एरिका गुरुङलाई सम्मान गर्नु भयो।

राजावादीको आन्दोलन हिंसात्मक हुनु गोठाले सोचले हो: प्राडा केके

0

आजकोकुरा: चैत २१,काठमाडौ। वरिष्ठ राजनीतिक विश्लेषक तथा प्राध्यापक डाक्टर केके राइले चैत १५ गते राजावादीको आन्दोलन हिंसात्मक बन्नु गोठाले सोचले भएको बताएका छन् ।

आजकोकुरा डटकमसंगको कुराकानीमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
कुराकानिमा प्राडा राइले ‘ राजनीति ,आन्दोलन विचारले गरिन्छ।राजनीतिमा अनुसाशन हुन्छ।दुर्गा प्रसाईं शिक्षामा ८ कक्षा पढेको,विगतको इतिहास हेर्दा अडिक नभएको,अवसरवादी ,बैंकको अरबौ रिण भएको व्यक्ती हुन् ।उनले केपि ओलिलाइ हेर्यो,अनि सोच्यो,उ पनि झापाली,म पनि झापाली,उ ८कक्षा पढेको,म पनि ८ कक्षा नै पढेको,उसले जति गोठाले बोली म पनि बोलिहाल्छु।भन्ने सोचेर उ उम्लियो,त्यसैले त्यो आन्दोलन हिंसात्मक बन्यो’भने।

साथै उनले ‘एउटा राजा फाल्यौ,तर छोटेराजाहरुले गणतन्त्रको बैज्जत गरे।अब जनता बिल्कुल चेतनसिल हुन जरुरी छ।राजतन्त्र जनताले पुनः स्विकार्दैन।हामी अब पछाडि १५ औ शताब्दीतिर फर्कन सक्दैनौ ‘समेत भने।
बाकीकुरा जस्ताको तेस्तै:

मेयर बालेनले पुर्वराजालाइ जरिवाना पत्र पठाउनु हास्यास्पद: मगरात अध्यक्ष राम

0

आजकोकुरा: चैत २१,काठमाडौ।मगरात संघर्ष समिति अध्यक्ष राम मगरले काठमाडौ मेयर बालेन साहले पुर्वराजा ज्ञानेन्द्र शाहलाई फोहोर जरिवाना पत्र काट्नु हास्यास्पद भएको बताएका छन् ।

आजकोकुरा डटकम संगको कुराकानीमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
चैत १५ गते राजावादीको आन्दोलनक्रममा तिनकुने कोटेश्वर वरपरका क्षेत्रमा व्यापक फोहोर,तोडफोड भएको कारण यसको जिम्मेवार पुर्वराजा हो?भन्ने प्रश्नमा अध्यक्ष मगरले ‘त्यो दिनको जिम्मा सबै संयोजक दुर्गा प्रसाईं भएकोले पुर्वराजालाई घसेट्नु एकदम ठिक होइन।मेयर बालेनले त झन पत्र काट्नु हास्यास्पद छ’भने।
यसैगरी उनले त्यो दिन भएको हिंसात्मक आन्दोलनमा घुसपेट भएको,सरकारले लापरबाही गरेको पनि बताए।
साथै अध्यक्ष मगरले दुर्गा प्रसाइमा राजनीतिक चरित्र नभएको समेत स्विकारे।
बाकिकुरा जस्ताको तेस्तै:

शिक्षकहरुद्द्वारा निर्णयमा पुग्नेगरि सडक आन्दोलन शुरु

0

आजकोकुरा: चैत २१,काठमाडौ।शिक्षकहरुले निस्कर्षमा पुग्ने गरि अनिश्चितकालिन सडक आन्दोलन आजबाट शुरु गरेका छन् ।
माघ २० गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौँ जाऔँ अभियान अन्तर्गत अनिश्चितकालीन सडक आन्दोलन गर्न लागेका हुन् ।

संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथाशीघ्र  जारी गर्न मागसहित आन्दोलन थालिएको बताइएको छ।

अब हरेक दिन बिहान ११ बजेदेखि ४ बजेसम्म माइतीघर बानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शन गर्ने कार्यक्रम रहेको जनाइएको छ। निर्णय नभएसम्म आन्दोलन गरिरहने पनि बताइएको छ।
बाकिकुरा जस्ताको तेस्तै:

देशको निकास अब तेस्रो जनआन्दोलन : नेवा गणराज्य संयोजक खड्ग

0

आजकोकुरा: चैत १९,काठमाडौ। ठुला नेता भनाउदाहरुले आफ्नो कर्तुत लुकाउन राजवादीहरुलाई उचालेको नेवा गणराज्य संयोजक खड्ग बहादुर श्रेष्ठले बताएका छन् ।

तेस्रो जनआन्दोलन राष्ट्रिय परिषद सदस्य समेत रहेका उनले आजकोकुरा डटकमसंगको कुराकानीमा यस्तो प्रतिक्रिया दिएका हुन् ।

श्रेष्ठले ‘अहिले जनतालाइ भ्रम छरेर भिडाउने,अशान्ति मच्चाउने काम सत्तापक्ष अनि ठुला दल सबै मिलेर राजावदिको नाउँमा नौटन्की मच्चाइरहेको छ।जनताले स्पस्ट बुझ्नु पर्छ।अब देशको निकास तेस्रो जन आन्दोलनबाट मात्रै सम्भव छ,सबै तेस्रो जन आन्दोलनमा होमियौ’भने।

यसैगरी उनले ‘चैत १५ को तिनकुनेको आन्दोलन घटनाको जिम्मा पुर्वराजा ज्ञानेन्द्रले लिनु पर्छ।र,फोहोर गरेको कारण काठमाडौ मेयर बालेन साहले ज्ञानेन्द्र शाहलाइ जरिवाना सम्बन्धि पत्र काटेको ठिक हो’समेत भने।
बाकीकुरा जस्ताको तेस्तै:

छहरा लाटेस्ट

राजेश पायल राइको ‘सिंगापुरे साडी’ आयो

आजकोकुरा: भदौ २,काठमाडौ। नेपालि एकमात्र विश्व विख्यात गायक राजेश पायल राइको स्वरमा रहेको 'सिंगापुरे साडी'बोलको गीत सार्वजनिक भएको छ।   कुनैसमय लाहुरेको विशेष चिनोको रुपमा प्रख्यात...

हर्कलाइ जनताले भन्न थाले हाम्रो भावि प्रधानमन्त्री

आजकोकुरा: सावन०५,काठमाडौ ।देशकै सबैभन्दा लोकपृय जनप्रतिनिधि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई अहिले जनताहरुले नै हाम्रो भावी प्रधानमन्त्री भन्न थालेका छन् । चुनाब जितेदेखी अहिले...

सिन्धुली क्षेत्र नं.२स्थानीय सांसद थिङदेखि मक्ख

आजकोकुरा:जेठ २५ काठमाडौ।नेपाली काङ्ग्रेस सांसद शुसिला थिङले आफ्नो क्षेत्र सिन्धुलि क्षेत्र नं.२ मा विशेष विकासोन्मुख अभियानको लागि बजेट लैजान सफल भएका छन् । सांसद...

झूठो विवरण पेश गरी दोहोरो नागरिकता लिई समाजिक सुरक्षा भत्ता लिइदै...

आजकोकुरा: जेठ २२,सप्तरी।नेपालको कानुनले एउटै व्यक्तिलाई दुईवटा नागरिकता लिन बर्जित गरेको छ । नागरिकता ऐन– २०६३ मा एकभन्दा बढी नागरिकताको प्रमाणपत्र लिन नपाउने किटानी...

राष्ट्रिय मातृभुमी पार्टी किन अख्तियार गयो?

आजकोकुरा:जेठ २१काठमाडौ। देश बचाउने अनि समृद्धि बनाउने हो भने भ्रष्टाचार,दलालतन्त्र शुन्य बनाउनै पर्छ भन्ने मुल अभियान अन्तर्गत राष्ट्रिय मातृभूमि पार्टीले नेपाल वायुसेवा निगममा भएको...