परियार सेवा समाजको अध्यक्षमा नारायण परिश्रमी

0

आजकोकुरा: मंसिर ४, चितवन। परियार सेवा समाजको केन्द्रीय अध्यक्षमा नारायण परिश्रमी निर्वाचित भएका छन् ।
परियार सेवा समाजको चितवनमा सम्पन्न भएको पाचौं राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा नारायण परिश्रमी परियार सर्बसम्मत चयन भएका हुन् । यसैगरी समाजको सह–अध्यक्षमा प्रेम देवी परियार चयन भएका छन् भने उपाध्यक्षहरुमा ओझ कुमार शिवा, वेल बहादुर परियार, फत्तेमान परियार, जुम बहादुर परियार, हरि नेपाली, अमर बहादुर परियार र रुपा आउजी निर्वाचित भएका छन् ।
त्यसैगरी, महासचिवमा बुद्धिमान परियार, उपमहासचिव सरोज गौतम र समुन्द्र परियार, सचिबहरु नैनसिंह थहारी, मान बहादुर परियार, शुभमाया परियार, भोज बहादुर नेपाली र कोषाध्यक्षमा खड्क बहादुर बर्देवा गरि ५१ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन भएका छन् ।
उक्त पाँचौ राष्ट्रिय सम्मेलनको शनिबार बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालले उद्घघाटन गरेका थिए । राष्ट्रिय सम्मेलन उद्घाटन कार्यक्रम अघि चितवनको भरतपुरमा बाजागाजा सहित बजार परिक्रमा गरिएको थियो ।
परियार सेवा समाजका अध्यक्ष डिबि परियारको अध्यक्षतामा भएको सो कार्यक्रममा संबिधान सभा सदस्य टेकु नेपाली र दुर्गा परियारले २०५२ सालमा स्थापना भएको परियार सेवा समाज अहिलेको दुई धार बन्न पुगेकोमा दुख ब्यक्त गर्दै मिलेर एकताको सन्देश दिन अपिल गरे ।
सो कार्यक्रममा नेकपा एमाले चितवन जिल्ला कमिटीका अध्यक्ष कमल पाठक, नेपाली काँग्रेस जिल्ला उपसभापती राजिब न्यौपाने, डा. मित्र परियार, चितवन जिल्ला अध्यक्ष बाबुराम छिनाल निबर्तमान केन्द्रिय सचिब लाल बहादुर परियार, सामाजिक अभियान्ता रिता परियारले पनि मन्तव्य राखेका थिए । त्यस्तै कार्यक्रममा कलाकारहरु सुनिता परियार, बिक्रम परियार र शिवराज गौतमले सांगीतिक प्रस्तुती राखेका थिए भने उनिहरुलाई सोही कार्यक्रमका प्रमुख अतिथी द्वारा सम्मान समेत गरिएको थियो। उद्घाटन सत्र कार्यक्रमलाई बुद्दिमान परियारले संचालन गरेका थिए भने अध्यक्षता डिबि परियारले गरेका थिए! । स्वागत मन्तब्य प्रेम देवि परियारले राखेकी थिइन।

नेपाली काङ्ग्रेस पनि चुकेकै हो: सांसद बान्तवा

0

आजकोकुरा: कात्तिक २८,काठमाडौ। नेपाली काङ्ग्रेस भोजपुर जिल्ला सभापति, प्रदेस १ सांसद तथा युवा नेता बिनोद बान्तवाले अहिले सबैले नचाहिदो हल्लाको पछि लागेर विवेक गुमाइ रहेको बताएका छन् ।

उनले आजकोकुरा डटकमसंगको कुराकानिको सिलसिलामा यस्तो बताएका हुन् ।देशको सबैभन्दा पुरानो इतिहास बोकेको पार्टी काङ्रेस केही कुरामा चुकेकै हो,तर देश परिवर्तन गर्ने भनेको पनि काङ्रेस नै हुनेछ समेत युवा नेता बान्तवाले भनेका छन्।

कुराकानी कै सिलसिलामा उनले स्वतन्त्र उम्मेदवार आउनु भनेको खहरे खोला झै हुन् भन्दै कथा सुनाउदै आफ्नो नेता पक्राउ पर्लाकी भनेर काङ्ग्रेसले सरकार गठबन्धन परिवर्तन गरेको हल्ला मात्रै हो।आफ्नो पार्टी कसैसँग डराएको होइन र प्रदेस १को नामाङ्कनमा हस्ताक्षर किन गरे भन्ने कुरामा स्पष्टीकरण दिइसकेको छु,वास्तवमा म पहिचानवादी नै हु समेत भने।

बाकी सांसद बान्तवाको आजकोकुरा जस्ताको तेस्तै:

रबि लामिछानेलाई बयानका लागि बिहानै रुपन्देही लगिदै

0

आजकोकुरा: कात्तिक:२७,कास्की।पुर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज बयानका लागि रुपन्देही लगिने भएको छ ।

सूर्यदर्शन सहकारीको रकम अपचलनको अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका उनलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि रुपन्देही लगिएको हो ।

नेपाल प्रहरीले बिहान करिब ५ः४० मै उनलाई एयरपोर्ट पुर्‍याएको बताइएको छ ।तर,बिहान हुस्सुका कारण उडान प्रभावित भएकोले लामिछानेलाई एयरपोर्टमै राखिएको पनि जनाइएको छ ।

स्रोतका अनुसार उनको आज नै बयान सकेर पुनः कास्की फर्काउने प्रहरीको तयारी छ । बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको अभियोगमा अनुसन्धान गर्न लामिछाने र जीवी राईसहित १२ जनालाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतबाट यसअघि नै प्रहरीले अनुमति लिएको थियो ।

संसदिय विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख भए अनुसार सो सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको छ ।

 

छहरा लाटेस्ट

राजेश पायल राइको ‘सिंगापुरे साडी’ आयो

आजकोकुरा: भदौ २,काठमाडौ। नेपालि एकमात्र विश्व विख्यात गायक राजेश पायल राइको स्वरमा रहेको 'सिंगापुरे साडी'बोलको गीत सार्वजनिक भएको छ।   कुनैसमय लाहुरेको विशेष चिनोको रुपमा प्रख्यात...

हर्कलाइ जनताले भन्न थाले हाम्रो भावि प्रधानमन्त्री

आजकोकुरा: सावन०५,काठमाडौ ।देशकै सबैभन्दा लोकपृय जनप्रतिनिधि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई अहिले जनताहरुले नै हाम्रो भावी प्रधानमन्त्री भन्न थालेका छन् । चुनाब जितेदेखी अहिले...

सिन्धुली क्षेत्र नं.२स्थानीय सांसद थिङदेखि मक्ख

आजकोकुरा:जेठ २५ काठमाडौ।नेपाली काङ्ग्रेस सांसद शुसिला थिङले आफ्नो क्षेत्र सिन्धुलि क्षेत्र नं.२ मा विशेष विकासोन्मुख अभियानको लागि बजेट लैजान सफल भएका छन् । सांसद...

झूठो विवरण पेश गरी दोहोरो नागरिकता लिई समाजिक सुरक्षा भत्ता लिइदै...

आजकोकुरा: जेठ २२,सप्तरी।नेपालको कानुनले एउटै व्यक्तिलाई दुईवटा नागरिकता लिन बर्जित गरेको छ । नागरिकता ऐन– २०६३ मा एकभन्दा बढी नागरिकताको प्रमाणपत्र लिन नपाउने किटानी...

राष्ट्रिय मातृभुमी पार्टी किन अख्तियार गयो?

आजकोकुरा:जेठ २१काठमाडौ। देश बचाउने अनि समृद्धि बनाउने हो भने भ्रष्टाचार,दलालतन्त्र शुन्य बनाउनै पर्छ भन्ने मुल अभियान अन्तर्गत राष्ट्रिय मातृभूमि पार्टीले नेपाल वायुसेवा निगममा भएको...