आजकोकुरा: फागुन १५,काठमाडौ। प्राध्यापक डाक्टर केके राइले धरानका मेयर हर्क साम्पाङ ईमानदारि रहेको बताएका छन् ।
आजकोकुरा डटकमसंग्को कुराकानिमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
नेपालको चिकित्सक मध्य बौद्धिक चिकित्सक तथा बौद्धिक राजनीतिक विश्लेषक रहेका डा.राइले यो देशमा त्यस्तो राजनेता नहरेको बताउदै आइरहेका छन् ।
स्वतन्त्र जनप्रतिनिधिहरु जस्तै धरानका मेयर हर्क साम्पाङ अनि काठमाडौ महानगर मेयर बालेन साहको बारेमा के भन्नू हुन्छ?भन्ने प्रशनमा उनले ‘हर्क साम्पाङ इमानदारी छ्,भोट माग्दा जे बोलेको थियो,अहिले त्यही गर्दैछ।बालेन रचनात्मक छ,बौद्धिक छ।भविस्यमा यी दुई मिलेर पार्टी खोले राम्रो हुनसक्छ ‘भने।
त्यसैगरी,कुराकानी कै सिलसिलामा डा.राइले हाल अमेरिकाका राष्ट्रपति ट्रम्पले नेपाली नेता,जनताबारे सत्य बोलेका हुन् भन्नुका साथै ताप्लेजुङ मुक्कुमलुङमा केबलकार बन्नु प्रकृति सम्पदा,परम्परा मासिनु हो,त्यसैले गलत छ,बन्नु हुदैन पनि भने ।
बाकी कुरा जस्ताको तेस्तै:
अष्ट्रेलिया सम्मेलनमा डा.प्रसाइको दमदार प्रस्तुति
आजकोकुरा: फागुन ११,अस्ट्रेलिया।नेपाल खेलकुद विश्वविद्यालयका अभियन्ता एवं बोर्ड सदस्य डा. ओमकृष्ण प्रसाईंले नेपाल-अस्ट्रेलिया सम्बन्ध खेलकुदमार्फत थप सुदृढ हुन सक्ने उल्लेख गरेका छन् ।
नवप्रवर्दन र दिगो विकासलाई केन्द्रमा राख्दै मेलबर्न शिखर सम्मेलन 2025 मा भाग लिदै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
सम्मेलनमा डा.प्रसाइले नेपालमा खेलकुद विश्वविद्यालय स्थापनाको आबश्यकता र विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध बिस्तार तथा सहकार्य सम्भाव्यता अध्ययन सम्बन्धी संक्षिप्त अबधारणा पत्र प्रस्तुत गर्दै उनले खेलकुद शिक्षाको स्तरवृद्धिका लागि ज्ञान आदानप्रदान गर्नुपर्ने सुझाव दिए।
हिमालयन आउट्रीच अन्तर्राष्ट्रिय अस्ट्रेलियाको आयोजनामा मेलबर्नको एस्कट भेलमा नेपाल, अस्ट्रेलिया, र अमेरिकाका सांसद, मेयर, जनप्रतिनिधि, उद्यमीहरू तथा विभिन्न क्षेत्रका विज्ञहरूको व्यापक उपस्थिति रहेको थियो।
सम्मेलनको उद्घाटन गर्दै हिमालयन आउट्रीचका अन्तर्राष्ट्रिय निर्देशक डिएन घिसिङले स्वागत मन्तव्य दिए। यसैगरी, एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष तथा भिक्टोरिया प्रदेश संयोजक मनिरत्न सापकोटाले अस्ट्रेलिया-नेपाल सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै बहुसांस्कृतिक अस्ट्रेलियामा नेपाली सांस्कृतिक गतिविधिको विशेष महत्त्व रहने बताए।
अमेरिकाबाट आएका प्रतिनिधि काशी अधिकारीले अन्तर्राष्ट्रिय स्तरमा शान्ति र सद्भाव निर्माणको आवश्यकता औंल्याए। त्यसैगरी, डा. प्रदीप बास्तोलाले नवप्रवर्तन नै दिगो विकासको आधारशिला हुने विचारसहित अवधारणा पत्र प्रस्तुत गरे।
ग्रामीण-शहरी योजना सम्बन्धी छलफलमा बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि कंडेलले मन्तव्य राखे भने डोर पाटन नगरपालिकाका वडा अध्यक्ष खिम घर्ती मगरले वृत्तचित्र प्रस्तुत गरे।
बङ्गलादेशका सञ्चारकर्मी एवं उद्यमी शार्मिन मिषुले अन्तरदेशीय व्यापारका सम्भावना र चुनौतीबारे अवधारणा पत्र प्रस्तुत गरिन्। सामाजिक अभियन्ता निरु त्रीपाठीले नेपाल-अस्ट्रेलिया कूटनीतिक सम्बन्धबारे प्रकाश पारिन्।
कार्यक्रममा भिक्टोरिया प्रदेशकी सांसद क्याथलिन म्याथ्यु वाडले नेपाली संस्कृतिको खुलेर प्रशंसा गरिन्। उनले नेपाली समुदायमा आफ्नो विशेष जोड रहेको उल्लेख गरिन्।
नेपालबाट पूर्वमन्त्री तथा संघीय सांसद प्रकाश ज्वालाले मेलबर्न शिखर सम्मेलनलाई ऐतिहासिक अवसरको रूपमा लिएको बताए। उनले नवप्रवर्तन र दिगो विकासमा यस कार्यक्रमको विशेष महत्त्व रहेको बताए।
कार्यक्रमको सभापति उर्मिला तामाङले आगामी दिनमा अमेरिका र नेपालमा पनि यस्तै सम्मेलन आयोजना गरिने जानकारी गराइन्।
कार्यक्रममा नेपालबाट राष्ट्रिय खेलकुद परिषदका सदस्य दिपेन्द्र बिस्ट, वान्डिम सिटी काउन्सिलका पूर्व मेयर एवं काउन्सिलर जेनी बारेरा, काउन्सिलर डा. जस्मिन हिल, नेपाली चलचित्र निर्माता संघका अध्यक्ष नवल खडका, लायन्स क्लब अफ वेरीबीका अध्यक्ष रेमन्ड लो लगायत दर्जनौँ विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ।
गोरखा मेजर राइको आत्मकथा ‘घुर्बिसेदेखी बकिङह्यामसम्म’आयो
आजकोकुरा: फागुन ८,काठमाडौ । गोरखा मेजर स्व.बालकृष्ण राइको आत्मकथा ‘घुर्बिसेदेखी बकिङ्ह्यामसम्म’ भव्य सभ्य लोकार्पण भएको छ।
उनको जन्मदिन पारेर जेठा राई प्रसु राम मुकारुङ फाउन्डेसनले काठमाडौ नयाँ बानेस्वर इन्द्रेणी स्विट्समा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि किराया पुर्बध्यक्ष कुल बहादुर राइ रहेका थिए भने विशेष अतिथिहरु पुर्बमन्त्री हेमराज राई,राष्ट्रिय सभा सदस्य जयन्ती राइ,नेपाली सेनाका उपरथी नरेश चन्द्र भट्ट ,किराइ राई प्राज्ञ प्रतिष्ठानका कुलपती जय कुमार राई,फाउन्डेसनका सस्थापक अध्यक्ष वरिष्ठ फोटो पत्रकार हरिवंश किरात,सम्पादक प्रगती मुकारुङ,फाउन्डेसन संरक्षक रुङमाङ मुकारुङ,समाजसेवी मेजर चाम बहादुर राई,किरातराई बान्तवा सस्था अध्यक्ष पृथ्वी राज मुकारुङ, वरिष्ठ गीतकार शुभ मुकारुङ,वरिष्ठ लोक गायक तथा संकलक दिलेन्द्र मुकारुङ,वरिष्ठ सस्कृतविद तिर्थराज मुकारुङ लगायतको बाक्लो उपस्थित रहेको थियो।
पुस्तकले स्व.गोरखा मेजर मुकारुङको जीवन मात्र नभइ इतिहासदेखि वर्तमान नेपाल र नेपालिको अवस्थावारे यथार्थ चित्रण गरेको छ।
पुस्तकबारे बोल्ने क्रममा माननीय जयन्ती राइले ‘यो पुस्तक एउटा हाम्रो लागि शिक्षा मिल्ने दहृलो पुस्तक हो,थोरै पढ्दा पनि मैले त्यो पाएँ’भने।
त्यसैगरी,पुबमन्त्री हेमराज राइले लेखकको प्रशन्सा गर्दै ‘मेजर बाल कृष्ण दाइ सधैं जोसिलो,समाजसेवी हुनुहुन्थ्यो,यो पुस्तक हामीलाई अझ उर्जा थपेर जानू भयो’भने।
यसैगरी,अर्का वक्ता नेपाली सेना उपरथी भट्टले ‘लेखक दाइसंगको छोटो भेटले नै उहाँ कति उर्जसिल ,प्रेरणादायी हुनुहुन्थ्यो ,आज यो पुस्तकले पनि प्रमाणित गरेको छ ‘भने।
साथै ,प्रमुख अतिथि राइले ‘इतिहास बोकेको खानदान हो मलाइ राम्ररी थाहा छ,हामीले जे कुरा गर्छौ,सहि गर्नुपर्छ भन्ने उदाहरण उहाँमा देखेको थिए,अब छोरा नातिहरुले बिडो थाम्नुपर्छ ‘भने।
लेखक मुकारुङको श्रीमती प्रेम कुमारी राई,छोराहरु शिशु कृष्ण मुकारुङ,डा.निरज मुकारुङ,सिपो मुकारुङ रहेका छन् ।
कार्यक्रमको उद्घोषक फाउन्डेसन सस्था सचीव कर्णेल गङ्गराज मुकारुङले गरेका थिए भने स्वागत मन्तव्य आत्मकथा लेखक राइको छोरा डा.निरज मुकारुङले गरेका थिए।उनले मन्तव्य दिदा आफ्ना बाबुलाइ सम्झदै भक्कानिएका थिए।
कार्यक्रमको अध्यक्षता फाउन्डेसन अध्यक्ष रुद्र किरातिले गरेका थिए भने कार्यक्रममा लेखकप्रती माल्यार्पण,श्रद्धाञ्जली व्यक्त समेत गरिएएको थियो।
प्रकृति संरक्षक महाअभियनता शेर्पा बने जडिबुटी एम्बाष्टर
आजकोकुरा: फागुन ६,काठमाडौ।प्रकृति संरक्षक महान अभियनता पिके शेर्पा नेपाल जडिबुटी तथा चिया बिज्ञान समाजको एम्बास्टर चयन भएका छन् ।
मंगलबार काठमाडौको पर्यटन बोर्डमा टिटिएस एग्रोद्वारा आयोजित कार्यक्रममा विस्वको सर्वोच्च शिखर दुई पटक आफ्नो छोरालाइ लिएर संगै आरोहण गरेर विश्व रेकर्ड राखेका शेर्पालाइ देशको बन जंगल,कृषी ,प्रकृति संरक्षण ,बिकासको चेतना अभिबृद्दी गर्न टेवा पुर्याउनलाइ यसरी एम्बास्टर बनाइएको हो।
शेर्पाले करिब चार दशक लामो प्रकृति संरक्षण,हिउँ जोगावौ,हिमाल लगायत कुनैपनि ठाउँमा फोहोर नगरौ,बिरुवा रुख रोपौ भनेर महान अभियान स्वयम् चलाइरहेका छन् ।
कार्यक्रममा पुर्ब सचिव गणेश राइले लेखेको पुस्तक ‘नेपालका महत्त्वपूर्ण जडिबुटी तथा बोट बनस्पति’पनि कृषिमन्त्री रामनाथ अधिकारीद्वारा लोकार्पण गरिएको थियो।