आजकोकुरा: फागुन १०,काठमाडौँ । प्रथम महिला राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’ भव्य सभ्य लोकार्पण भएको छ ।
सनिवार प्रधानमन्त्री ओली र धर्मपत्नी शाक्यको ३७ औँ वैवाहिक वर्षगाँठका अवसरमा राष्ट्रिय सभा गृहमा आयोजित एक समारोहमा प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओली, लेखक शाक्य, नेकपा (एमाले) का उपसचिव प्रदीप ज्ञवाली, साहित्यकार अमर न्यौपाने र बौद्ध भिक्षुणी एवं गायिका आनी छोइङ डोल्माले उक्त आत्माकथा पुस्तक लोर्कापण गरेका हुन् ।
पाणिनी बुक्स प्रालिद्वारा प्रकाशित उक्त पुस्तकको लोर्कापण समारोहमा मन्त्रीहरु एवंम उच्च पदस्थ व्यक्तित्वहरुको बाक्लो सहभागिता रहेको थियो ।
लेखक शाक्यले आफ्नो आत्मकथामा आफ्नो दृष्टि, भोगाई र अनुभूतिसँगै प्रधानमन्त्री ओलीको सङ्घर्ष, कठिनाई, सफलता र समाजसेवाका विषयहरु समाबेश भएको बताउदै ‘न म साहित्यकार, न लेखिका हुँ । त्यहि पनि मनमा लागेका आफ्ना बिचारहरु कहिलेकाही लेख्ने गर्थे । त्यही सङ्ग्रलाई आज पुस्तकका रुपमा ल्याएको छु’ भनिन।
लेखिका शाक्य र प्रधानमन्त्री ओलि बिच २०४४ साल आजकै दिन विवाह भएको थियो ।