यसपटक वर्ष गीतकार बने डा.प्रसाईं

0

आजकोकुरा: जेठ १४,काठमाडौं । यसपटक वर्ष गीतकार पुरस्कार चर्चित गीतकार डा.ओम कृष्ण प्रसाइले जितेका छन्।

करिब साढे तीन दशकदेखी गीति लेखन यात्रामा होमिरहेका गीतकार डा.प्रसाईंले गीतकार संघ नेपालले हरेक वर्ष प्रदान गर्ने भैरवनाथ रिमाल गीति पुरस्कार २०८१ हात पारेका हुन्।

वर्षभरिका गीतहरुबाट उत्कृष्ट दशमा परेको उनको गीत ‘म त सिधासादा छु’ मार्फत ५७ हजार राशीको उक्त पुरस्कार डा.प्रसाईंले जितेका हुन् ।

५७ हजार राशीको सो पुरस्कारका लागि उत्कृष्ट दशबाट उक्तृष्टमा पर्न सफल प्रसाईंको ‘म त सिधासादा छु’ र धु्रव खनालको ‘कुन दैवको साईतमा जन्मिएछु’ उत्कृष्ट ठहर भएका हुन ।डा.प्रसाईं करातेका राष्ट्रिय खेलाडी तथा प्रशिक्षक हुन । सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय प्रसाईं, राजनीतिसँगै साहित्य सिर्जनामा समेत अब्बल छन् । पछिल्लो समय गीत लेखनमा सक्रिय प्रसाईंका दर्जनौ गीतहरु बजारमा आइसकेका छन् भने पुरस्कृत गीतमा संगीत सुरेश अधिकारीको रहेको छ भने आवाज चर्चित गायक शिव परियारको रहेको छ ।संघको १६ औं स्थापना दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले उक्त पुरस्कार प्रदान गरेका हुन । पुरस्कार ग्रहण पछि सामाजिक संजालमा खुशी व्यक्त गर्दै डा. प्रसाईंले गीतसंग सम्बन्धित सबैलाई र जुरी मेम्बरप्रति धन्यवाद तथा सम्मान व्यक्त गरेका छन् । कहिलेकाँही अकस्मात खुशी आउने भन्दै उनले फेसबुकमा लेखेका छन् ‘कहिलेकाही अकस्मात खुशी छाउदो रहेछ, असल कर्मले कदर पाउदो रहेछ ।’त्यस्तै फेसबुकमा उक्त पुरस्कारले आफ्नो जिम्मेवारी थप भएको अनुभूति व्यक्त गरेका छन् । प्रसाईंले फेसबुकमा अगाडि लेख्छन् ‘गीतकार संघ नेपाल द्वारा २०८१ सालको सर्वोत्कृष्ट गीतकारको रुपमा रु ५७,०००/– नगद राशी सहित पुरस्कृत हुन पाउदा हौसला सङै अझ धेरै कर्तव्य र नेपाली गीत संगीत क्षेत्रमा जिम्मेवार थपिएको महशुस गरेको छु । मेरो सृजनालाई विश्वास गरि सर्वोत्कृष्ट गीतकार बनाइदिनु भएकोमा हाम्रो गौरवशाली संघ गीतकार संघ नेपाल, यस गीतका संगीतकार श्रदेय सुरेश अधिकारीज्यु गायक शिव परियार र एरेन्जर दिक्षित पौडेल लगायत जुरि मेम्बर सबैमा अन्तर हृदय बाट नतमस्तक छु र सम्मान गर्दछु ।’

राष्ट्रिय मातृभुमी पार्टीले शुरु गर्यो बेतिथि विरुद्ध एक्सन

0

आजकोकुरा:जेठ १३,काठमाडौ। राष्ट्रिय मातृभुमी पार्टी नेपालले भ्रस्टाचार,बेतिथी बिरुद्द कडा एक्सनको थालनी गरेको छ।
लोकतन्त्र र गणतन्त्रको नाउँमा नाङो भ्रष्टाचार ,लुटतन्त्र,दलालतन्त्रले देश डुबानमा परिरहेको ,जनतामा बितृष्णा नैराश्यता बढिरहेकोले देश र जनतालाइ मुक्ति दिन अब बृहत जनआन्दोलनको आवश्यकता परेकोले यो पार्टीले आजैदेखि एक्सनमा उत्रिएको हो।
पर्टिको वरिष्ठ नेता वरिष्ठ पाइलट क्याप्टेन केबि लिम्बुको संयोजकमा पार्टी महासचिव गोविन्द गिरि लगायतले एक्सनको शुरुआत नेपाल वायु सेवा निगममा गएर भ्रष्टाचार ,लुटतन्त्र बिरुद्धमा ध्यानाकर्षण र प्रेस बिज्ञप्ति बुझाएर गरेको छ।
क्याप्टेन लिम्बू निगमको पुर्ब महाप्रबन्धक समेत हुन् भने निगममा पुग्दा वर्तमान निगमका अध्यक्ष ध्यानाकर्षण पत्र र प्रेस बिज्ञप्ति बुझ्न देखि भागेपछी केहिबेर निगम भित्र होहल्ला समेत मच्चिएको थियो।पछि टोलि कार्यलयमा पत्र दर्ता गराएर फर्केको थियो।
पत्र बुझाइसकेपछी आजकोकुरा डटकमसंग कुराकानी गर्दै क्याप्टेन लिम्बुले ‘देशको भ्रस्टाचारको केन्द्र मध्य एउटा यो निगम पनि हो।ध्यानाकर्षण गराएका छौ।होसियार गरेका छौं ,नेपाली जनताले भ्रष्टाचारिलाइ कडा कारबाही नगरेसम्म देश र जनताले मुक्ति पाउदैन।र,अब राष्ट्रिय मातृभुमी पार्टीले अब यसको थालनी गरिसक्यो’भने।
यस्तै,पार्टीका महासचिव गिरिले ‘अब पत्र बुझायौ,अख्तियार पनि जान्छौ।देशलाइ भ्रष्टाचार र बेतिथी मुक्त गरेरै छोडछौ’भने।
राष्ट्रिय मातृभुमी पार्टी नेपालले राजावादी आन्दोलनलाई नैतिक समर्थन पनि गरिरहेको छ।
बाकिकुरा ज्स्ताको तेस्तै भिडियोमा:

भविष्यमा भयानक विश्वयुद्ध सुनिश्चित, अनेकौ देशको नक्सा बदलिने नेपाल सँधै

0

आजकोकुरा: वैशाख ३,काठमाडौ। अन्तराष्ट्रिय स्तरको राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर काठमाडौमा सम्पन्न भएको छ ।
भगवती मानव कल्याण संगठनले पशुपतिनाथ मन्दिर परिसरमा आयोजना गरेको शिविरमा करिव ३५ सय व्यक्तिहरु नशामुक्त भएका छन ।नशामुक्तिका लागि उपस्थित सहभागिहरुलाई योगिराज शक्तिपुत्रजी महाराजले शक्तिपातको माध्यमबाट नशामुक्त गर्नुभएको हो ।
भविष्यवक्ता समेत रहनुभएका योगिराज श्री शक्तिपुत्रजी महाराजले शिविरमा भविष्यवाणी गर्दै निकट भविष्यमा भयानक विश्ययुद्ध सुनिश्चित रहेको दाबी गर्नुभयो । युद्धका क्रममा अनेकौँ देशको नक्सा बदलिने कयौ देशहरुको अस्तिव विलिन हुने उहाँको ठहर छ। नेपलाकोसमेत भविष्यवाणी गर्दै उहाँले नेपाल सँधैझैँ स्वाधिन र गौरवशाली रहने दाबी गर्नुभयो ।
कार्यक्रममा योगिराज शक्तिपुत्रजी महाराजले बोल्ने क्रममा नेपाल र भारत विश्वमै सनातनको सन्देश दिने पवित्र भूमि भएकाले ऋषि पथमा अघि बढ्न समाजमा साधक तयार हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।
शक्तिचेतना जनजागरण शिविरमा श्री शक्तिपुत्रजी महाराजले सहभागिलाई ११ संकल्प गराउनुभयो जसमा नशा, मांशाहारमुक्त चरित्रवान, चेतनावान बनाउनु, पर्यावरणको रक्षा, गौ रक्षा लगायतको संकल्प गराइएको थियो । गलत कर्म गर्ने व्यक्तिलाई कहिल्यै साथ नदिन र आफुसमेत गलत कर्म नगर्न संकल्प गराईएको थियो।नेपाल भ्रष्टाचारका कारण अघि बढ्न नसकेकाले अब भ्रष्टाचार अन्त्यका लागि काम गर्न आग्रह गर्नुभयो । हरेक क्षेत्रमा भ्रष्टाचार मौलाउँदै गएकाले नेपालको विकासका लागि सहयोग गर्न भारत सरकारलाइ समेत आग्रह गर्नुभयो। नेपाल र भारत सरकार मिलेर संयुक्त रुपमा भ्रष्टाचार उन्मुलनका लागि काम गर्न आग्रह गर्नुभयो।
यस्तै शक्तिपुत्र महाराजले आत्मिक परिवर्तनका लागि नेपालीहरुका लागि छुट्टै कुण्डलीनि शक्तिको विशेष साधनाको कार्यक्रम प्रदान गर्ने बताउनुभयो। शक्तिसाधना गराउँदै साधनाको रहस्यका बारे अनुभूतिको यात्रामा अघि बढाउने उहाँले प्रतिवद्धता व्यक्त बताउनुभयो ।
शिविरको प्रथम दिवसमा शिविरको प्रातकालिन समयमा देश विदेशबाट आएका हजारौँ सहभागिहरुले योग ध्यान साधनाको निशुल्क लाभ प्राप्त गरेका थिए । कार्यक्रमका सहभागिहरुलाइ योगाशनका साथै अष्टांग योगका विविध क्रमका वारेमा मार्गदशन गराईएको थियो । पहिलो दिनको योग साधना कार्यक्रमलाई सञ्चालन गर्दै शक्ति स्वरुपा दिदी सन्ध्या शुक्ला ज्यूले योगको वहुआयमिक लाभको विषयमा प्रकाश पार्नुभयो । योग अभ्यास नगर्ने मानिसहरुले आफ्नो स्वास्थ्य माथि आफैँ खेलवाड गरिरहको भन्दै नियमित समय दिएर रोग अनुरुपका योगासन गर्न सुझाव दिनुभयो ।योग शिविरमा भगवती मानव कल्याण संगठनकी केन्द्रिय अध्यक्ष शक्तिस्वरुपा दिदी पुशा शुक्ला ज्यू एवम् पञ्चज्योति शक्तितिर्थ सिद्धाश्रम ट्रस्टकी प्रधान न्यासी ज्योति शुक्लाज्यूले समेत सहभागिहरुलाई मार्गनिर्देशन दिनुभएको थियो ।

आजपाको काठमाडौं जिल्ला कमिटी पुनर्गठन, अध्यक्षमा सापकोटा

0

आजकोकुरा: वैशाख ३१,काठमाडौं । आम जनता पार्टी (आजपा) को काठमाडौं जिल्ला कमिटी भाइकाजी सापकोटाको अध्यक्षतामा १०५ सदस्यीय रहने गरि पुनर्गठन गरिएको छ ।

आजपा काठमाडौं उपत्यका विशेष कमिटीका इन्चार्ज एवं संगठन विभाग प्रमुख त्रिभुवन साह र अध्यक्ष देवी पण्डित रेग्मीले आज जारी गरेको बिज्ञप्तीमा काठमाडौं जिल्ला कमिटी एक सय सात सदस्यीय गठन गरिएको हो।

आजपाले काठमाडौं जिल्ला कमिटीको इन्चार्जको जिम्मेवारी सुरेश साह, सहइन्चार्जको जिम्मेवारी जोगिन्द्र साह र कृष्ण यादवलाई दिइएको छ ।

पुनर्गठित जिल्ला कमिटीको अध्यक्षमा सापकोटा, उपाध्यक्षहरुमा दिपेन्द्र चौधरी, सविना बढुथोकी, रामप्रवेश पटेल, सचिवमा रामनारायण साह, सहसचिवहरुमा विकाउ महतो, भागिरथ साह, उमेश साह र कोषाध्यक्षमा ललन बैठा रहेका छन् ।

यसैगरी सदस्यहरुमा लक्ष्मी मगर, दिपा मगर, कुमार श्रेष्ठ, कल्पना लामिछाने, मनिष खड्का, रमिला बोहरा, प्रेमप्रसाद बराल, हरिन्द्र साह, धमेन्द्र साह, जगदिश साह, बिनोद ठाकुर, कान्ति केसी, प्रदेश लिम्बु थेम्सीङ, प्रदिपजंग कार्की, सपना श्रेष्ठ, अनिता शर्मा, सृजना बराल, दिलकुमारी, माया बले रहेका छन् ।

यस्तै सदस्यहरुमा गौरी पटेल, मुकेश पटेल, देवशरण बैठा, कमलेश यादव, राजा मुखिया, अरुणकुमार साह, भैरवलाल प्रसाद, रामपुकार जैसवाल, सुरेन्द्र साह, मनिभुषण कुशवाहा, पंकज साह, श्याम यादव, कोशिला अधिकारी, भाईसन लामा, नविन सिंह, रामकिशोर साह, जितेन्द्र साह, बिजय गुप्ता, रामप्रवेश यादव, भुलटुन पासवान, राजेश पासवान, नन्दकिशोर साह, जयनारायण साह लगायतका रहेका छन् ।

बोटुलिनम टक्सिनको स्नायु तथा अन्य मेडिकल प्रयोगबारे प्रथम गोष्ठी सम्पन्न

0

आजकोकुरा: वैशाख२८,काठमाडौ।महावीर हेल्थ फाउण्डेशनको आयोजना र गुफिक बायोसाइन्सेस लिमिटेड भारतको सहर्कायमा काठमाण्डौंमा बोटुलिनम टक्सिनको प्रयोग सम्बन्धि कार्यपत्र र विधि बारे एक कार्यक्रम सम्पन्न भएको छ।

भव्य सभ्य आयोजना भएको कार्यक्रममा विभिन्न अस्पतालका छाला रोग विशेषज्ञ, स्नायू नेत्र विशेषज्ञ चिकित्सकहरुको उपस्थिती रहेको थियो
सो कार्यक्रममा बोटुलिनम टक्सिनको प्रयोग सौन्दर्यता वृद्घि र विभिन्न प्रकारका नशा सम्बन्धि रोग जस्तो कि आँखा फर–फराउने (ब्लेफारोस्पाजम), हेमिफेसियल स्पाजम, डिस्टोनियामा हुने र यसको प्रयोग गर्ने विधिको बारेमा नेपालका वरिष्ठ नशा रोग विशेषज्ञ डा. अविनाश चन्द्रले प्रकाश पार्नु भएको थियो ।

महावीर हेल्थ फाउण्डेशनका अध्यक्ष दिपक भट्टाचार्यले यस प्रकारको गोष्ठीहरु आगामी दिनहरुमा पनि आयोजना गर्ने बताउएका थिए
।यसैगरीगुफिक बायोसाइन्सेस लि. का बजार प्रबन्धक योगेन्द्र श्रेष्ठले पनि आफ्नो धारणा राखेका थिए ।

गायक निलमको गीत ‘श्याँदर थानैमा’ले बजार तताउदै

0

आजकोकुरा: वैशाख १६,काठमाडौ।उदयमान गायक निलम सुनुवारको गीत ‘श्याँदर थानैमा’ले अहिले बजार तताइरहेको छ।
सुनुवार सस्कृतिमा आधारित युगल गीतमा उनलाइ चर्चित गायिका मेलिना राईले साथ दिएकी छिन् ।

मिथोच लस्पाचको शब्द भक्त सुनुवारको संगीत अनि अशोक कुमार राइको एरेन्ज रहेको उक्त गीत केही दिन अघि मात्रै सार्वजनिक गरिएको थियो भने अहिले युट्युवमा लोकप्रिय गीतको सुचिमा रहेको छ।

यतिखेर गीतले चर्चा पाए संगै गायक निलमले आउदै गरेको किरात पर्व उभौलिको शुभकामना दिदै आजकोकुरा डटकमसंग ‘मेरो पहिलो गीतले नै म यति चर्चामा आउछु भन्ने सोचेको थिइन्।दर्शक स्रोतालाइ धन्यवाद साथै यस् गीतका संगीतकार भक्त सुनुवारदाइलाइ पनि विशेष धन्यवाद भन्छु।अब कम्मर कसेर यस सांगेतिक यात्रामा लाग्छु’भने।

गीतको म्युजिक भिडियोमा सुजु सुनुवार ,आशिष लिम्बू,पुजा राइले अभिनय गरेका छन् भने कोरियोग्राफर अनिल सुनुवार,छायांकन सनम तामाङ र निर्देशन इङि होपो कोइन्च सुनुवारको रहेको छ।
गीतलाइ गायक निलम सुनुवारको आफ्नै अफिसियल युट्युव च्यानलबाट ल्याइएको छ।
गीत ‘श्याँदर थानैमा’हेर्नुहोस्:

तीन गित लगातार छायांकन समाप्त गरि रिलिजको तयारीमा गाएक वाङ्गेल

0

आजकोकुरा: वैशाख२१,काठमाडौ । उदयमान गाएक वाङ्गेल लामाको एकै साथ तीन वटा गितको म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ।
तोङ्बाको पानी तातो,किनारामा एक्लै छाडी,कान्छित सार्है राम्री… बोल रहेको गितहरु रोमान्टिक,डान्सिङ र सेन्टिमेन्टल बिटको फ्युजन रहेको गाएक वाङ्गेल को भनाइ छ।

तीन दिन लगायर गरिएको उक्त सुटिङ उपत्यकाका विभिन्न ठाउहरु सुन्दरिज, नयाँ पाटी, गोकर्ण , निलबाराहिका रमणिय ठाउहरुमा सम्पन्न भएको हो। बिक्रम थापा,शिव आर्य,अजय नगरकोटीको शब्द र बिक्रम थापा,आकाश एम डि को सङ्गीतमा गायक वाङ्गेल लामा योन्जनले ले गायको गितको भिडियोहरुलाइ घनश्याम एन्टिनाले निर्देसन गरेका हुन्। बिशन मानन्धर ले एरेन्ज गरेको गितलाई सुजन श्रेष्ठको छायांकन , सन्देश रिमालको कोरियोग्राफी,युबराज खत्रीले सम्पादन गरेका हुन्। केहिदिन भित्रै सार्बजनिक हुने उक्त म्युजिक भिडियोहरुमा अयुब के. शि, अश्मिता तामाङ ,प्रकाश श्रेष्ठ ,पबन पौडेल ,शुशिला कार्की ,गुनगुन थापा लगायतले मोडलिङ गरेका छन। मिङमार ओमु ह्योल्मोले निर्माण गरेको उक्त भिडियोहरुमा निकै आशाबादी रहेको पनि मेलोडी गायक वाङ्गेलले बताए।

छहरा लाटेस्ट

राजेश पायल राइको ‘सिंगापुरे साडी’ आयो

आजकोकुरा: भदौ २,काठमाडौ। नेपालि एकमात्र विश्व विख्यात गायक राजेश पायल राइको स्वरमा रहेको 'सिंगापुरे साडी'बोलको गीत सार्वजनिक भएको छ।   कुनैसमय लाहुरेको विशेष चिनोको रुपमा प्रख्यात...

हर्कलाइ जनताले भन्न थाले हाम्रो भावि प्रधानमन्त्री

आजकोकुरा: सावन०५,काठमाडौ ।देशकै सबैभन्दा लोकपृय जनप्रतिनिधि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई अहिले जनताहरुले नै हाम्रो भावी प्रधानमन्त्री भन्न थालेका छन् । चुनाब जितेदेखी अहिले...

सिन्धुली क्षेत्र नं.२स्थानीय सांसद थिङदेखि मक्ख

आजकोकुरा:जेठ २५ काठमाडौ।नेपाली काङ्ग्रेस सांसद शुसिला थिङले आफ्नो क्षेत्र सिन्धुलि क्षेत्र नं.२ मा विशेष विकासोन्मुख अभियानको लागि बजेट लैजान सफल भएका छन् । सांसद...

झूठो विवरण पेश गरी दोहोरो नागरिकता लिई समाजिक सुरक्षा भत्ता लिइदै...

आजकोकुरा: जेठ २२,सप्तरी।नेपालको कानुनले एउटै व्यक्तिलाई दुईवटा नागरिकता लिन बर्जित गरेको छ । नागरिकता ऐन– २०६३ मा एकभन्दा बढी नागरिकताको प्रमाणपत्र लिन नपाउने किटानी...

राष्ट्रिय मातृभुमी पार्टी किन अख्तियार गयो?

आजकोकुरा:जेठ २१काठमाडौ। देश बचाउने अनि समृद्धि बनाउने हो भने भ्रष्टाचार,दलालतन्त्र शुन्य बनाउनै पर्छ भन्ने मुल अभियान अन्तर्गत राष्ट्रिय मातृभूमि पार्टीले नेपाल वायुसेवा निगममा भएको...