आजकोकुरा: वैशाख२१,काठमाडौ । उदयमान गाएक वाङ्गेल लामाको एकै साथ तीन वटा गितको म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ।
तोङ्बाको पानी तातो,किनारामा एक्लै छाडी,कान्छित सार्है राम्री… बोल रहेको गितहरु रोमान्टिक,डान्सिङ र सेन्टिमेन्टल बिटको फ्युजन रहेको गाएक वाङ्गेल को भनाइ छ।
तीन दिन लगायर गरिएको उक्त सुटिङ उपत्यकाका विभिन्न ठाउहरु सुन्दरिज, नयाँ पाटी, गोकर्ण , निलबाराहिका रमणिय ठाउहरुमा सम्पन्न भएको हो। बिक्रम थापा,शिव आर्य,अजय नगरकोटीको शब्द र बिक्रम थापा,आकाश एम डि को सङ्गीतमा गायक वाङ्गेल लामा योन्जनले ले गायको गितको भिडियोहरुलाइ घनश्याम एन्टिनाले निर्देसन गरेका हुन्। बिशन मानन्धर ले एरेन्ज गरेको गितलाई सुजन श्रेष्ठको छायांकन , सन्देश रिमालको कोरियोग्राफी,युबराज खत्रीले सम्पादन गरेका हुन्। केहिदिन भित्रै सार्बजनिक हुने उक्त म्युजिक भिडियोहरुमा अयुब के. शि, अश्मिता तामाङ ,प्रकाश श्रेष्ठ ,पबन पौडेल ,शुशिला कार्की ,गुनगुन थापा लगायतले मोडलिङ गरेका छन। मिङमार ओमु ह्योल्मोले निर्माण गरेको उक्त भिडियोहरुमा निकै आशाबादी रहेको पनि मेलोडी गायक वाङ्गेलले बताए।