आजकोकुरा:जेठ २५ काठमाडौ।नेपाली काङ्ग्रेस सांसद शुसिला थिङले आफ्नो क्षेत्र सिन्धुलि क्षेत्र नं.२ मा विशेष विकासोन्मुख अभियानको लागि बजेट लैजान सफल भएका छन् ।
सांसद थिङले शहरिबिकास मन्त्रालयसंग विशेष सल्लाह र पहल गरि यसरी बजेट लैजान सफल भएका हुन् ।
अहिले सिन्धुली क्षेत्र नम्बर २का स्थानीय लगायत सबै जिल्लाबासी सांसद थिङ प्रती मक्ख छन् र प्रशन्सा व्यक्त गरिरहेका छन् ।
परेको बजेट अनुसार सिन्धुली हरिहरपुरगढी गाउँपालिका २ श्रीपुर झनझने चौरिटोल रिङरोड सडक स्तरोन्नति ३ करोड,ऐ गाउँपालिकाको गुर्जीबसपार्क,हरिहरपुरगढि,जितपुर गढी कर्मिडाडा,चिसापानी,मदन भण्डारी लोकमार्ग सिन्धुली ३ करोड,ऐ गाउँपालिका झनझनेदेखि राइगाउ जोड्ने झोलुङेपुलका लागि ३ करोड बिनियोजन गरिएको छ।
सांसद थिङ लगायत हरिहरपुरगढी गाउँपालिका उपाध्यक्ष चेख ब.थिङ,वडा नम्बर २ अध्यक्ष विश्व राई,मकवानपुर जिल्ला नेपाली काङ्ग्रेसका पुर्बमन्त्री महालक्ष्मी उपाध्याय डिना, बागमती गाउँपालिका लामाटोलका छबि बम्जनको सबैको जोडदार पहल रहेको थियो।
स्थानीयहरु अहिले काङ्ग्रेसमय भएका छन् ।