अध्यादेश बारे देउबा र थापाबिच छलफल हुदै

0

आजकोकुरा: कत्तिक,०५ काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबिच छलफल हुदैछ।
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी रहेपछि यस विषयमा देउवासँग महामन्त्री थापाको छलफल लागेको हो ।

अध्यादेश ल्याउनका लागि प्रधानमन्त्री ओलीले देउवासँग बारम्बार ताकेता गर्दै छलफल गर्न उनले आइतबार देउवालाई बालुवाटार बोलाएका थिए । तर यस सन्दर्भमा देउवा मौन रहेको बताएको छ ।

ओली र देउवाबिच छलफल भए लगत्तै एमालेबाट महासचिव शंकर पोखरेल, विष्णु पौडेल, कांग्रेसबाट देउवासहित गृहमन्त्री रमेश लेखक, महामन्त्री गगन थापा लगायत केही नेताहरू बालुवाटार पुगेका थिए । अध्यादेश ल्याउने सन्दर्भमा कांग्रेसभित्र मतभेद रहेको पाइएको छ ।

यसैगरी ,पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, महासचिव घनश्याम भुसाल लगायत नेताहरूले ओलीलाई अध्यादेश रोक्न आग्रह गरिरहेका छन् । आजै साँझ प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्न लागिरहेका छन् भने आजै अध्यादेश पेस हुन सक्ने अनुमान समेत गरिएको छ।

 

भिषणको ‘खुर्सानी डल्ले ३ बाडुल्की’

0

आजकोकुरा: असोज २९,काठमाडौ। सुप्रसिद्द गायक तथा संगितकार भिषण मुकारुङको नयाँ गीत ‘खोर्सानी डल्ले-३ बाडुल्की’को म्युजिक भिडियो सार्वजनिक भएको छ।
उनले आफ्नै आधिकारिक युट्युव च्यानल मार्फत दशै तिहार अवसर पारेर श्राेता तथा दर्शक माझ ल्याएका छन्।
यस अघि उनको ‘खुर्सानी डल्ले भाग १ र २ ‘भव्य सफलता स्वरुप यो उनको तेस्रो कोसेली हो,जसमा शब्द र संगीत पनि गायक मुकारुङकै रहेकाे छ।

सार्वजनिक भएको छोटो समय मै भ्युज राम्रो भैरहेको यो गीतको भिडियो निर्देशन एलिस राईले गरेका छन् भने एलिसले आफै एलिसा राईसंग रोमान्स गरेका छन् । साथै वरिष्ठ कलाकार कविता आलेलाई पनि भिडियोमा समाबेश गरिएको छ।

अझ खुर्सानी डल्ले ४ पनि आउँछ ?भन्ने आजकोकुरा डटकमको प्रश्नमा गायक/संगीतकार मुकारुङले स्रोता दर्शकले रुचाए सम्म निरन्तर हुनेछ भने।

छहरा लाटेस्ट

राजेश पायल राइको ‘सिंगापुरे साडी’ आयो

आजकोकुरा: भदौ २,काठमाडौ। नेपालि एकमात्र विश्व विख्यात गायक राजेश पायल राइको स्वरमा रहेको 'सिंगापुरे साडी'बोलको गीत सार्वजनिक भएको छ।   कुनैसमय लाहुरेको विशेष चिनोको रुपमा प्रख्यात...

हर्कलाइ जनताले भन्न थाले हाम्रो भावि प्रधानमन्त्री

आजकोकुरा: सावन०५,काठमाडौ ।देशकै सबैभन्दा लोकपृय जनप्रतिनिधि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई अहिले जनताहरुले नै हाम्रो भावी प्रधानमन्त्री भन्न थालेका छन् । चुनाब जितेदेखी अहिले...

सिन्धुली क्षेत्र नं.२स्थानीय सांसद थिङदेखि मक्ख

आजकोकुरा:जेठ २५ काठमाडौ।नेपाली काङ्ग्रेस सांसद शुसिला थिङले आफ्नो क्षेत्र सिन्धुलि क्षेत्र नं.२ मा विशेष विकासोन्मुख अभियानको लागि बजेट लैजान सफल भएका छन् । सांसद...

झूठो विवरण पेश गरी दोहोरो नागरिकता लिई समाजिक सुरक्षा भत्ता लिइदै...

आजकोकुरा: जेठ २२,सप्तरी।नेपालको कानुनले एउटै व्यक्तिलाई दुईवटा नागरिकता लिन बर्जित गरेको छ । नागरिकता ऐन– २०६३ मा एकभन्दा बढी नागरिकताको प्रमाणपत्र लिन नपाउने किटानी...

राष्ट्रिय मातृभुमी पार्टी किन अख्तियार गयो?

आजकोकुरा:जेठ २१काठमाडौ। देश बचाउने अनि समृद्धि बनाउने हो भने भ्रष्टाचार,दलालतन्त्र शुन्य बनाउनै पर्छ भन्ने मुल अभियान अन्तर्गत राष्ट्रिय मातृभूमि पार्टीले नेपाल वायुसेवा निगममा भएको...