एसियन कराते जर्ज डा.तिलु रानालाई अन्तर्राष्ट्रिय अवार्ड प्राप्त

0

आजकोकुरा: माघ १८,काठमाडौ। एसिएन कराते महासंघ रेफ्री,जर्ज तथा अन्तर्राष्ट्रिय गोल्ड मेडलिष्ट डा.तिलु रानालाइ भारु नगद दस हजार सहित अन्तर्राष्ट्रिय अवार्ड ‘राष्ट्रिय रत्न सम्मान २०२५’प्राप्त भएको छ।

बलिउड फिल्म निर्माता निर्देशक कृष्ण चौहानको संयोजकत्वमा आफ्नै नामको फाउन्डेसनले अधेरी वैष्ट मुम्बैमा आयोजना गरेको अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रममा विश्वभरिबाट विभिन्न बिधामा आआफ्नो देशलाइ योगदान पुर्याउने ब्यक्तिहरुबाट छनौट हुने क्रममा डा.रानालाई कराते क्षेत्रमा पुर्याएको अमुल्य योगदान प्रती यो अवार्ड प्रदान गरिएको हो।

उक्त कार्यक्रममा बलिउडका चर्चित सेलिब्रेटी तथा राजनितीज्ञ धेरेइ कुमार,संजय पटिल,बि.एन.तिवारी लगायको बाक्लो उपस्थिति रहेको थियो भने कार्यक्रममा बलिउडका ख्यातिप्राप्त गायक गायिका ,ब्याण्डले सांगीतिक प्रस्तुती समेत प्रस्तुत गरेका थिए।

 

वरिष्ठ गीतकार शुभ मुकारुङ ‘यतै अल्मलीएँ’

0

आजकोकुरा: माघ ४काठमाडौ।वरिष्ठ गीतकार शुभ मुकारुङ्को दोस्रो गीतीसंग्रह पुस्तक ‘यतै अल्मलिएँ’ भव्य सभ्यरुपमा सार्वजनिक भएको छ।

काठमाडौ पुतलीसडक ग्रीन लिफ फूड होटलमा गीतकार संघ नेपालको आयोजनामा भव्य कार्यक्रमविच उनको पुस्तक लोकार्पण भएको हो।यो भन्दा अगाडि उनको पुस्तक ‘पुग्नु कहाँ थियो’सार्वजनिक भैसकेको छ।

कार्यक्रममा विशेष अतिथिहरु वरिष्ठ गीतकार पुर्वमन्त्री एस.पि.कोइराला,वरिष्ठ गीतकार गीतकार संघ पुर्व अध्यक्ष चुडामणिा देवकोटा,वरिष्ठ गीतकार अमर बान्तु,वरिष्ठ सास्कृतिक विद भक्त राई,माननीय हेमराज राई,वरिष्ठ गीतकार श्रवण मुकारुङ,वरिष्ठ गायक दिलेन्द्र मुकारुङ,वरिष्ठ गीतकार शितल कादम्बिनी,चर्चित कवि गीतकार चन्द्र रानाहोङछा,चर्चित गीतकार बिपिन किरण लगायत रहेका थिए।

करिब साढे तीन दशकको साहित्यिक यात्राको क्रममा गीतकार संघ पुर्व अध्यक्ष समेत रहेका वरिष्ठ गीतकार मुकारुङले ल्याएको यो गीति संग्रह जीवन यापन,लोक सन्दर्भमा रहेको छ।लोकार्पण दिन श्रस्टा मुकारुङ्को छोरा रियोङ हाङ मुकारुङको पनि संयोगले जन्मदिन रहेको छ।

कार्यक्रममा पुस्तकबारे बोल्ने क्रममा विशेष अतिथि रहेका गीतकार संघ पुर्ब अध्यक्ष तथा वरिष्ठ गीतकार चुडामणिा देवकोटाले ‘शुभ मुकारुङ चिनाइ रहनुपर्ने नाम होइन,नातिकाजिले समेत उहाँको शब्दमा संगीत गरेका छन् ।उहाँको यो दोस्रो पुस्तक अवर्णनिय छ।गीतकार संघ आज यो उचाइमा आउनु पनि उहाँको ठूलो हात छ।लेखन यात्रामा बधाइ सहित अझ शुभकामना’ भने।

यसैगरी,बोल्ने क्रममै वरिष्ठ गीतकार अमर बान्तुले ‘गीतकार शुभ मुकारुङ र म मा उमेरले म जेठो हु,तर,सिर्जनाको हिसाबले म भन्दा जेठा हुनुहुन्छ।मैले उहाको सिर्जनाबारे मैले बोल्ने हैसियत छैन।तर,उहाँको एउटा भनाइ म कुनै श्रश्टादेखि प्रभावित भएर लेख्दिन आफै लेख्छु भन्ने कुरादेखि म प्रभावित भए।आज यसरी नै उहाँको आफ्नै क्षमताको सिर्जना निश्चित छ।’ भन्दै बधाइ शुभकामना’व्यक्त गरे।

त्यसैगरी, अर्का वक्ता वरिष्ठ सास्कृतिक विद भक्त राईले ‘कुनैपनी क्षेत्रमा काम गर्न जोखिम मोल्नै पर्छ।उहाँले साहित्यिक यात्रामा जिन्दगिलाइ जोखिममा मोल्नु भयो।आजको यो चर्चा र उपलब्धी त्यसैको परिणाम हो।कुनै बेला घरायसी प्रसंगमा मैले सोधेको थिए तपाई के मा व्यस्त हुनु भयो?उत्तरमा आयो म ‘यतै अल्मलिए।’साच्चै आज यो ऐतिहासिक अवर्णनिय सिर्जना देखेर म जिल्ल परे।यो भन्दा जिन्दगिको कमाइ अरु हुनै सक्दैन।बधाइ शुभकामना’भने।

त्यस्तै ,विशेष अतिथि वरिष्ठ गीतकार तथा पुर्बमन्त्री एस.पि.कोइरालाले ‘गीतहरुलाइ समाजले मनोरंजनको साधन मात्र भनेर हेला गरेको पाइन्छ,यो गलत छ।तर,गीत समाजको शक्तिशाली आँखा ,माध्यम हो।यसकुरालाइ शुभ मुकारुङको सिर्जनाले सावित गर्दछ।करिब तीन दशकको साहित्यिक यात्रामा अझ यो गीति संग्रहले समाज स्पस्ट कोर्दछ।भोजपुरको माटोको बिरुवा हो उहाँ ‘भन्दै बधाइ शुभकामना प्रस्तुत गरे।

प्राज्ञ तथा वरिष्ठ साहित्यकार राजन मुकारुङले ‘यो पुस्तकले शुभलाइ अल्मलाएको होइन,उभाएको छ।मैले समाजको चेत खोल्नुपर्छ भन्ने जिम्मेवारी प्रदान गरेको छ।अझ बधाइ शुभकामना’ व्यक्त गरे।

कार्यक्रममा अन्य अतिथिहरुले पनि बधाइ शुभकामना व्यक्त गरे।

आफ्नो सिर्जना बारे बोल्दै स्रष्टा मुकारुङले ‘यतै अल्मलिए भन्ने साहित्यिक सिर्जना क्षेत्रमै अल्मलिए भन्ने पनि हो।गीतको एउटा शीर्षक पनि हो।मैले मेरो सिर्जनाबारे आफैले यस्तो लेखे उस्तो लेखे भन्न मिल्दैन,त्यो यहाँहरुले अनि दर्शक स्रोताले भन्नेकुरा हो।मैले जीवन यापन र लोक सन्दर्भमा लेखेको छु,सधै हौसला ,सुझाव दिनु भएकै छ धन्यवाद,यसपटक पनि हौसला ,सुझाबको साथसाथै सुझाब,कमिकमजोरी पनि पाउछु भन्ने आशा गर्दछु’भन्दै गीतकार संघ नवनिर्वाचित पदाधिकारीहरुको नाम लिदै बधाइ,शुभकामना ,धन्यवाद प्रदान गरे।

कार्यक्रमको अध्यक्षता गीतकार संघ नेपाल अध्यक्ष वरिष्ठ गीतकार वसन्त बित्यासी थापाले गरेका थिए भने गीतकार संघ उपाध्यक्ष वरिष्ठ गीतकार रमेश कोइरालाले उद्घोषण ले गरेका थिए।कार्यक्रममा विभिन्न गीतकार,संगीतकार,सन्चारकर्मी लगायतको बाक्लो उपस्थिति रहेको थियो।

 

गीतकार संघको अध्यक्षमा पुनः थापा निर्विरोध

0

आजकोकुरा: पौष २७,काठमाडौं । गीतकारहरुको छाता संगठन गीतकार संघ नेपालकाे १५ औं साधारणसभा एवम् ७औं अधिवेशनबाट वरिष्ठ गीतकार वसन्त वित्यासी थापा पुनः अध्यक्षमा निर्विरोध चयन भएका छन् ।

काठमाडौ अनामनगरको तमु ल्होसार हलमा आयोजित कार्यक्रममा उनको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। यसअघि पनि संघको अध्यक्षतामा थापा नै चयन भएका थिए।

यसैगरी नयाँ कार्यसमितिमा उपाध्यक्ष रमेश काेईराला, महासचिवमा टीका राई शिव, सचिवमा शितल कादम्बिनी, काेषाध्यक्षमा चेतन खतिवडा पुनः दाेहाेरिएका छन् । उनीहरु पनि निर्विरोध निर्वाचित भएका हुन् ।

त्यसैगरी कार्यसमितिमा सदस्यहरुमा ६ जना आवश्यक रहेकोमा ८ जनाकाे उम्मेदवारी परेकाे थियो भने सदस्यहरुमा रमेश दाहाल, कमल पाैडेल, गाेविन्द श्रृङखला, देवी पराजुली, विष्णु भण्डारी,जीवन मुकारुङ निर्वाचित भएका थिए ।

आजको कार्यक्रममा प्रमुख अतिथि प्रतिष्ठित गीतकार राजेन्द्र थापा थिए भने विशेष अतिथिहरुमा वरिष्ठ गीतकार एसपी काेइराला, नेपाल सांगीतिक संघका महासचिव सुमन पण्डित, नारायण गाेपाल स्मृति प्रतिष्ठानका अध्यक्ष दिपक केसी, संघका पूर्व अध्यक्ष याेगेन्द्रमणि दाहाल, संघ पुर्व अध्यक्ष शुभ मुकारुङ लगायत थिए। कार्यक्रममा गीतकारहरुकाे उपस्थिति रहेको थियोे ।
गीतकारहरुको भविस्य र अधिकारको निम्ति दह्रीलो कार्य अभियान चलाइरहेको संघले अझ अध्यक्ष थापा पाएपछी दिर्घ रोग,आर्थिक समस्यामा परेका गीतकारहरुलाइ विभिन्न कार्यक्रम गरि सहयोग सेवा प्रदान गरिएको छ।
निर्विरोध पुनः चयन भएपछी अध्यक्ष थापाले आजकोकुरा डटकमसंग कुरा गर्दै ‘समस्त गीतकारहरुको विस्वासलाइ आत्मसाथगर्दै गीतकारहरुको सुनौलो भविस्य र पाउनुपर्ने राष्ट्रिय सम्मान अनि संघको आफ्नै भवनको निम्ति सरकारसंग र सम्बन्धित निकाय, सरोकारवालासंग जोडदार माग ,संघर्ष र अनुरोध गर्ने प्रण गर्दछु’भने।
नयाँ निर्वाचित कार्य समितिलाई आजकोकुरा डटकम परिवारको पनि शुभकामना।

छहरा लाटेस्ट

नेपाली जनता दल र गान्धीवादी पार्टी विच एकीकरण हुने

आजकोकुरा: वैशाख३,काठमाडौ।नेपाली जनता दल र गान्धिवादी पार्टी विच एकीकरण हुने भएको छ। साढे दुई महिनाविचको तेस्रो चरणको वार्ता र छलफल पछि अब भन्ने पार्टी एक...

जनचाहनाअनुरुप काम गर्न संघिय लोकतान्त्रिक मोर्चा : पुर्वसांसद सिटौला

आजकोकुरा: चैत २३,काठमाडौ।जसपा नेपाल सचिव तथा पुर्वसांसद लिला सिटौलाले जनताको बलिदानको सुरक्षा अनि जनचाहानाअनुरुप कार्य गर्न संघिय लोकतान्त्रिक मंचको गठन गरिएको बताएका छन्। आजकोकुरा डटकम...

अस्ट्रेलियामा एरिकाको सानदार जीत सहित नेपालि खेलडिले जिते १ रजक र...

चैत्र २३, सिड्नी, अस्ट्रेलिया सामाजिक काम भनेको आफू फुर्सदमा रहँदा अथवा आफूलाई नेपाली करातेकी कीर्तिमानी खेलाडी एरिका गरुङले अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा स्वर्ण पदक सहित...

राजावादीको आन्दोलन हिंसात्मक हुनु गोठाले सोचले हो: प्राडा केके

आजकोकुरा: चैत २१,काठमाडौ। वरिष्ठ राजनीतिक विश्लेषक तथा प्राध्यापक डाक्टर केके राइले चैत १५ गते राजावादीको आन्दोलन हिंसात्मक बन्नु गोठाले सोचले भएको बताएका छन् । आजकोकुरा...

मेयर बालेनले पुर्वराजालाइ जरिवाना पत्र पठाउनु हास्यास्पद: मगरात अध्यक्ष राम

आजकोकुरा: चैत २१,काठमाडौ।मगरात संघर्ष समिति अध्यक्ष राम मगरले काठमाडौ मेयर बालेन साहले पुर्वराजा ज्ञानेन्द्र शाहलाई फोहोर जरिवाना पत्र काट्नु हास्यास्पद भएको बताएका छन् । आजकोकुरा...