खेलको प्रचुर सम्भावना रहेको बताउँदै यस सम्बन्धमा अन्तर्राष्ट्रिय जगत्मा सन्देश प्रवाह गर्न आह्वान

0

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा साहसिक खेलको प्रचुर सम्भावना रहेको बताउँदै यस सम्बन्धमा अन्तर्राष्ट्रिय जगत्मा सन्देश प्रवाह गर्न आह्वान गरेको छन् ।

एसियाली खेलकुद पत्रकार महासङ्घ (एआइपीएस एसिया) कांग्रेसमा सहभागी हुन विभिन्न देशबाट काठमाडौँ आएका खेल पत्रकार र पदाधिकारीलाई राष्ट्रपति भवन शीतल निवासमा स्वागत गर्दै राष्ट्रपति पौडेलले नेपाल खेलकुद र खेलाडीको उर्वर देश भएकाले विश्व खेलक्षेत्रमा नेपालबारे प्रचार गर्न आह्वान गरे।

राष्ट्रपति पौडेलले भने, “नेपालमा साहसिक र हाई अल्टिच्युड खेल, अल्ट्रा दौडको धेरै सम्भावना छ । एभरेष्ट म्याराथनमा नेपाली खेलाडीले गिनिज बुकमा नाम लेखाइसकेका छन् ।” हालै पेरिसमा सम्पन्न पाराओलम्पिकमा पलेशा गोवर्द्धनले तेक्वान्दोमा पदक जितेर देशको गरिमा बनाए ।

नेपालको परिचय सगरमाथा र बुद्धको जन्मस्थल मात्र नभई खेलकुद क्षेत्र पनि भएको सन्देश विश्व समुदाय समक्ष प्रवाह गर्न आवश्यक रहेको राष्ट्रपति पौडेलले बताए। उनले राष्ट्रका उत्कृष्ट खेलाडीलाई निरन्तर सम्मान गरेर एआइपीएस एसियाले असल परम्परा स्थापित गरेकामा त्यसको सराहना गरे।

छहरा लाटेस्ट

राजेश पायल राइको ‘सिंगापुरे साडी’ आयो

आजकोकुरा: भदौ २,काठमाडौ। नेपालि एकमात्र विश्व विख्यात गायक राजेश पायल राइको स्वरमा रहेको 'सिंगापुरे साडी'बोलको गीत सार्वजनिक भएको छ।   कुनैसमय लाहुरेको विशेष चिनोको रुपमा प्रख्यात...

हर्कलाइ जनताले भन्न थाले हाम्रो भावि प्रधानमन्त्री

आजकोकुरा: सावन०५,काठमाडौ ।देशकै सबैभन्दा लोकपृय जनप्रतिनिधि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई अहिले जनताहरुले नै हाम्रो भावी प्रधानमन्त्री भन्न थालेका छन् । चुनाब जितेदेखी अहिले...

सिन्धुली क्षेत्र नं.२स्थानीय सांसद थिङदेखि मक्ख

आजकोकुरा:जेठ २५ काठमाडौ।नेपाली काङ्ग्रेस सांसद शुसिला थिङले आफ्नो क्षेत्र सिन्धुलि क्षेत्र नं.२ मा विशेष विकासोन्मुख अभियानको लागि बजेट लैजान सफल भएका छन् । सांसद...

झूठो विवरण पेश गरी दोहोरो नागरिकता लिई समाजिक सुरक्षा भत्ता लिइदै...

आजकोकुरा: जेठ २२,सप्तरी।नेपालको कानुनले एउटै व्यक्तिलाई दुईवटा नागरिकता लिन बर्जित गरेको छ । नागरिकता ऐन– २०६३ मा एकभन्दा बढी नागरिकताको प्रमाणपत्र लिन नपाउने किटानी...

राष्ट्रिय मातृभुमी पार्टी किन अख्तियार गयो?

आजकोकुरा:जेठ २१काठमाडौ। देश बचाउने अनि समृद्धि बनाउने हो भने भ्रष्टाचार,दलालतन्त्र शुन्य बनाउनै पर्छ भन्ने मुल अभियान अन्तर्गत राष्ट्रिय मातृभूमि पार्टीले नेपाल वायुसेवा निगममा भएको...