राजेश पायल राइको ‘सिंगापुरे साडी’ आयो

0
34

आजकोकुरा: भदौ २,काठमाडौ। नेपालि एकमात्र विश्व विख्यात गायक राजेश पायल राइको स्वरमा रहेको ‘सिंगापुरे साडी’बोलको गीत सार्वजनिक भएको छ।

 

कुनैसमय लाहुरेको विशेष चिनोको रुपमा प्रख्यात ‘सिंगापुरे साडी,मलायो माला’ सुन्दर शब्दलाइ पुनः जागृत गराउने उद्देश्यले यो गीत बजारमा ल्याइएको गीतकार राम बहादुर तामाङले बताए।

 

चर्चित संगीतकार तथा निर्देशक राज्य राई देमिनको संगीत रहेको यो गीतको निर्देशन पनि उनले नै गरेका छन् ।

 

तिज,चडपर्व,बिहे ,पार्टि,डिस्को सबैलाई उत्कृष्ट सुहाउने मनोरञ्जनात्मक गीत रेलि फिल्मसको युट्युव च्यानलबाट ल्याइएको छ।

 

लामो समयपछि कोरियोग्राफर गोरख राई पुनः आगमन गरेको यो गीतको सिनेमाटोग्राफर योदिन योन्जनले गरेका हुन् भने  गीतमा अजित राई र मिस तामाङ रिया लामाले रोमान्स गरेका छन् ।भिडियोको सम्पादन तथा कलर रामेस्वर जिरेलले गरेका छन् ।

सायारेम स्टुडियो अनामनगरमा रेकर्ड भएको यो गीतको रकर्डिष्ट तथा अडियो मिक्सिङ बिबहपले गरेका हुन् ।यस् गीतको एरेन्ज सनम पुरुष राइले गरेका छन् ।

यो गीत सबै उमेरका दर्शक स्रोताहरुले मन पराउने आशा गरिएको छ।

LEAVE A REPLY