यसपटक वर्ष गीतकार बने डा.प्रसाईं

0
43

आजकोकुरा: जेठ १४,काठमाडौं । यसपटक वर्ष गीतकार पुरस्कार चर्चित गीतकार डा.ओम कृष्ण प्रसाइले जितेका छन्।

करिब साढे तीन दशकदेखी गीति लेखन यात्रामा होमिरहेका गीतकार डा.प्रसाईंले गीतकार संघ नेपालले हरेक वर्ष प्रदान गर्ने भैरवनाथ रिमाल गीति पुरस्कार २०८१ हात पारेका हुन्।

वर्षभरिका गीतहरुबाट उत्कृष्ट दशमा परेको उनको गीत ‘म त सिधासादा छु’ मार्फत ५७ हजार राशीको उक्त पुरस्कार डा.प्रसाईंले जितेका हुन् ।

५७ हजार राशीको सो पुरस्कारका लागि उत्कृष्ट दशबाट उक्तृष्टमा पर्न सफल प्रसाईंको ‘म त सिधासादा छु’ र धु्रव खनालको ‘कुन दैवको साईतमा जन्मिएछु’ उत्कृष्ट ठहर भएका हुन ।डा.प्रसाईं करातेका राष्ट्रिय खेलाडी तथा प्रशिक्षक हुन । सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय प्रसाईं, राजनीतिसँगै साहित्य सिर्जनामा समेत अब्बल छन् । पछिल्लो समय गीत लेखनमा सक्रिय प्रसाईंका दर्जनौ गीतहरु बजारमा आइसकेका छन् भने पुरस्कृत गीतमा संगीत सुरेश अधिकारीको रहेको छ भने आवाज चर्चित गायक शिव परियारको रहेको छ ।संघको १६ औं स्थापना दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले उक्त पुरस्कार प्रदान गरेका हुन । पुरस्कार ग्रहण पछि सामाजिक संजालमा खुशी व्यक्त गर्दै डा. प्रसाईंले गीतसंग सम्बन्धित सबैलाई र जुरी मेम्बरप्रति धन्यवाद तथा सम्मान व्यक्त गरेका छन् । कहिलेकाँही अकस्मात खुशी आउने भन्दै उनले फेसबुकमा लेखेका छन् ‘कहिलेकाही अकस्मात खुशी छाउदो रहेछ, असल कर्मले कदर पाउदो रहेछ ।’त्यस्तै फेसबुकमा उक्त पुरस्कारले आफ्नो जिम्मेवारी थप भएको अनुभूति व्यक्त गरेका छन् । प्रसाईंले फेसबुकमा अगाडि लेख्छन् ‘गीतकार संघ नेपाल द्वारा २०८१ सालको सर्वोत्कृष्ट गीतकारको रुपमा रु ५७,०००/– नगद राशी सहित पुरस्कृत हुन पाउदा हौसला सङै अझ धेरै कर्तव्य र नेपाली गीत संगीत क्षेत्रमा जिम्मेवार थपिएको महशुस गरेको छु । मेरो सृजनालाई विश्वास गरि सर्वोत्कृष्ट गीतकार बनाइदिनु भएकोमा हाम्रो गौरवशाली संघ गीतकार संघ नेपाल, यस गीतका संगीतकार श्रदेय सुरेश अधिकारीज्यु गायक शिव परियार र एरेन्जर दिक्षित पौडेल लगायत जुरि मेम्बर सबैमा अन्तर हृदय बाट नतमस्तक छु र सम्मान गर्दछु ।’

LEAVE A REPLY