एसियन कराते जर्ज डा.तिलु रानालाई अन्तर्राष्ट्रिय अवार्ड प्राप्त

0
62

आजकोकुरा: माघ १८,काठमाडौ। एसिएन कराते महासंघ रेफ्री,जर्ज तथा अन्तर्राष्ट्रिय गोल्ड मेडलिष्ट डा.तिलु रानालाइ भारु नगद दस हजार सहित अन्तर्राष्ट्रिय अवार्ड ‘राष्ट्रिय रत्न सम्मान २०२५’प्राप्त भएको छ।

बलिउड फिल्म निर्माता निर्देशक कृष्ण चौहानको संयोजकत्वमा आफ्नै नामको फाउन्डेसनले अधेरी वैष्ट मुम्बैमा आयोजना गरेको अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रममा विश्वभरिबाट विभिन्न बिधामा आआफ्नो देशलाइ योगदान पुर्याउने ब्यक्तिहरुबाट छनौट हुने क्रममा डा.रानालाई कराते क्षेत्रमा पुर्याएको अमुल्य योगदान प्रती यो अवार्ड प्रदान गरिएको हो।

उक्त कार्यक्रममा बलिउडका चर्चित सेलिब्रेटी तथा राजनितीज्ञ धेरेइ कुमार,संजय पटिल,बि.एन.तिवारी लगायको बाक्लो उपस्थिति रहेको थियो भने कार्यक्रममा बलिउडका ख्यातिप्राप्त गायक गायिका ,ब्याण्डले सांगीतिक प्रस्तुती समेत प्रस्तुत गरेका थिए।

 

LEAVE A REPLY