आजकोकुरा: फागुन ३खोटाङ। जनता संग जसपा नेपाल’ नारा बोकेर बृहतरुपमा संगठन बिस्तार गरिरहेको जसपा नेपालको खोटाङ जिल्ला समिति पुनर्गठन भएको छ।
फागुन ३ गते खोटाङमा आयोजित कार्यक्रममा सुनिल चाम्लिङको अध्यक्षमा ३३ सदस्यिय समिति गठन भएको छ।
जसप नेपाल सहध्यक्ष तथा पुर्बमन्त्री रकम चेम्जोङको प्रमुख अतिथ्यमा ,विशेष अतिथिहरु पार्टी सचीव राज कुमार राई,पार्टी पोलिटब्युरो सदस्य ड.केके राई,अतिथिहरु प्रदेस १ अध्यक्ष दिपक याक्खा ,नेता नविन राई,बिद्यार्थी नेता अन्जिलहाङ राई,खोटाङ काठमाडौ सम्पर्क समिति अध्यक्ष पिके वाङदेल लगायतको उपस्थितिमा भव्यसभ्य सम्पन्न कार्यक्रममा समिती पुनर्गठन भएको हो।
नवगठित समितिमा उपाध्यक्ष गणेश खड्का ,सचीव हन्शराज राई ,कोषाध्यक्ष शान्तिकला राई रहेका छन् भने सदस्यहरुमा शिवकुमार राई ,हर्कराज तामाङ,ममिता राई,नन्दराज श्रेष्ठ ,जय लक्ष्मी राई,दिपक तामाङ ,कौशिला राई,शिव भुजेल,हरि राई,अन्जिलहाङ राई,निम्साङ तामाङ,तुलाराज खम्बु,भुपराज राई,पन्चसेर राई,धरेन्द्र राई,नितु तामाङ,शन्ता राई,देवेन्द्र राई,जितु राई,कमल गुरुङ,तारा ढुङाना,खेम बि.क.,हुप बहादुर मगर,टेक बहादुर दहाल,बाल कुमार राई,तिर्थ राई,अदिम राई र पर्शुराम खत्री रहेका छन् ।
पार्टी बिभाजन भएर अशोक राई बाहिरिए पछि खोटाङ जिल्ला समिति भत्किएको थियो।तर,पुनर्गठनले अझ सशक्त समिति निर्माण भएको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रहेका नेता चेम्जोङले ‘नक्कली पहिचान बोक्नेले स्वार्थमा पैसा पदको लोभमा पार्टी फुटाएको सत्य हो,विचरा अशोक राई विचरै हो।तर,आजको समिति अनि सहभागीताले असली नेता र पार्टी चिनिसकेको रछ,जीवन रहिन्जेलसम्म धोका आफ्नो पहिचान माटोलाइ दिनु हुन्न’ भन्दै प्रशिक्षण समेत गरे।
त्यसगरी बोल्ने क्रममा नेता नवीन राइले ‘कुरो भन्दा हामी इमानदारी राजनीति व्यवहारले प्रकट गर्न जरुरी छ।जनताको भरोसा अब जसपा नेपाल मात्रै हो भनिरहेको बेला धोका दिन कहिले हुदैन’भने।
कार्यक्रममा अन्य अतिथि नेताहरु राज कुमार राई ,डा.केके राई,दिपक याक्खा लगायतले पनि बधाइ,शुभकामना अनि प्रशिक्षण दिएका थिए।
कार्यक्रममा समितिलाई सपथ ग्रहण कार्यक्रम समेत गरिएको थियो।