आजकोकुरा: वैशाख ५,काठमाडौ।सभासद तथा आम जनता पार्टी सहअध्यक्ष तिलक थापा मगरले अब जनताको शासन नआएसम्म देशले निकासा नपाउने बताएका छन् ।
आजकोकुरा डटकमसंगको कुराकानीमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
अहिले देशमा तीन पक्षधर रहेको पनि बताउदै नेता थापाले ‘अहिले लुट्न पाइरहेकाहरु यो नक्कली गणतन्त्र जोगाऔ भनिराछन्,अर्को राजाको पालामा लुटेर स्वाद चाखेकाले राजतन्त्र आए फेरि लुट्न पाइन्छ भनेर सल्बलाउन थालेका छन् अनि त्यसैगरी सच्चा देशभक्त तथा जनपृय हामी जस्ता चाहिँ असली गणतन्त्र र जनताको शासन ल्याउन तेस्रो जनआन्दोलनको तयारी गर्दै लडाइ शुरु गरिरहेका छौँ ‘भने।
त्यस्तै उनले ‘अब जनता आफै उठेमा मात्रै जनताको शासन आउनेछ,आम जनता पार्टीलाई निश्चित साथ दिनेछन् भनेर विस्वास छ।प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपती प्रणाली नभएसम्म देश र जनताले मुक्ति पाउदैन।त्यसको माध्यम तेस्रो जनआन्दोलन नै हो’समेत भने।
बाकीकुरा जस्ताको तेस्तै: