कांग्रेसले १५ औँ महाधिवेशनको तयारी ०८३ असारपछि थाल्ने

0
21

आजकोकुरा: फागुन ७,काठमाडौ। नेपाली कांग्रेसको आउदै गरेको १५ औँ महाधिवेशनको प्रक्रिया अब २०८३ साउनबाट मात्रै सुरु गरिने बताइएको छ ।
यस सन्दर्भमा सभापति शेरबहादुर देउवाले नै १४ औँ महाधिवेशनमा सभापति बन्दा आफुलाइ साथ दिएका नेताहरूलाई १५ औँ महाधिवेशनको प्रक्रिया ०८३ को साउनपछि मात्रै सुरु गर्ने बताएका हुन् ।

उनको कार्यसमितिको चार वर्षे कार्यकाल आउने साल २०८२ मंसिर २८ गते सकिदैछ । नेपाली कांग्रेसको विधानमा केन्द्रीय कार्यसमितिको बहुमतले कारण खोली एक वर्ष कार्यसमितिको कार्यकाल थप्न सक्ने प्रावधान रहेको छ ।
काङ्ग्रेस विधानको दफा ४३ मा ‘पार्टीका सबै तह र निकायका पदाधिकारी तथा सदस्यहरूको पदावधि चार वर्षको हुनेछ । असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्नेछ ’लेखिएको छ।
गत शुक्रबार सभापति देउबाले आफूलाई १४ औँ महाधिवेशनमा सहयोग गर्ने उपसभापति पूर्णबहादुर खड्का, नेताहरू कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, डा.शशांक कोइराला, प्रकाशमान सिंह, बालकृष्ण खाँण, गोपालमान श्रेष्ठ, डा.प्रकाशशरण महत, विजयकुमार गच्छदार, एनपी साउद र उमाकान्त चौधरीलाई ०८३ साउनपछि मात्रै महाधिवेशनको प्रक्रिया सुरु गर्न सकिने जानकारी गराएका छन् ।

LEAVE A REPLY