आजकोकुरा: चैत १९,काठमाडौ। ठुला नेता भनाउदाहरुले आफ्नो कर्तुत लुकाउन राजवादीहरुलाई उचालेको नेवा गणराज्य संयोजक खड्ग बहादुर श्रेष्ठले बताएका छन् ।
तेस्रो जनआन्दोलन राष्ट्रिय परिषद सदस्य समेत रहेका उनले आजकोकुरा डटकमसंगको कुराकानीमा यस्तो प्रतिक्रिया दिएका हुन् ।
श्रेष्ठले ‘अहिले जनतालाइ भ्रम छरेर भिडाउने,अशान्ति मच्चाउने काम सत्तापक्ष अनि ठुला दल सबै मिलेर राजावदिको नाउँमा नौटन्की मच्चाइरहेको छ।जनताले स्पस्ट बुझ्नु पर्छ।अब देशको निकास तेस्रो जन आन्दोलनबाट मात्रै सम्भव छ,सबै तेस्रो जन आन्दोलनमा होमियौ’भने।
यसैगरी उनले ‘चैत १५ को तिनकुनेको आन्दोलन घटनाको जिम्मा पुर्वराजा ज्ञानेन्द्रले लिनु पर्छ।र,फोहोर गरेको कारण काठमाडौ मेयर बालेन साहले ज्ञानेन्द्र शाहलाइ जरिवाना सम्बन्धि पत्र काटेको ठिक हो’समेत भने।
बाकीकुरा जस्ताको तेस्तै: