आजकोकुरा: चैत २१,काठमाडौ।मगरात संघर्ष समिति अध्यक्ष राम मगरले काठमाडौ मेयर बालेन साहले पुर्वराजा ज्ञानेन्द्र शाहलाई फोहोर जरिवाना पत्र काट्नु हास्यास्पद भएको बताएका छन् ।
आजकोकुरा डटकम संगको कुराकानीमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
चैत १५ गते राजावादीको आन्दोलनक्रममा तिनकुने कोटेश्वर वरपरका क्षेत्रमा व्यापक फोहोर,तोडफोड भएको कारण यसको जिम्मेवार पुर्वराजा हो?भन्ने प्रश्नमा अध्यक्ष मगरले ‘त्यो दिनको जिम्मा सबै संयोजक दुर्गा प्रसाईं भएकोले पुर्वराजालाई घसेट्नु एकदम ठिक होइन।मेयर बालेनले त झन पत्र काट्नु हास्यास्पद छ’भने।
यसैगरी उनले त्यो दिन भएको हिंसात्मक आन्दोलनमा घुसपेट भएको,सरकारले लापरबाही गरेको पनि बताए।
साथै अध्यक्ष मगरले दुर्गा प्रसाइमा राजनीतिक चरित्र नभएको समेत स्विकारे।
बाकिकुरा जस्ताको तेस्तै: