कुलमानलाइ पुनर्बहाली नगरे पहिचानवादी पनि आन्दोलनमा उत्रने

0
37

आजकोकुरा:चैत १३,काठमाडौ।नेपाल सरकारले नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमाल घिसिङलाइ हटाएपछी देशको सबै सहरमा आन्दोलन निस्किएको छ।
हाम्रो उज्यालोदाता इमानदारी कर्मचारी पुनः पुनर्बहाली गरिनुपर्छ भन्दै कुलमानको समर्थनमा देशव्यापिरुपमा आन्दोलन निस्किएको हो।
कुलमान बि.स.२०७३ सालमा बिधुत प्राधिकरणमा आउनु भन्दा अगाडि देशमा २२ घण्टासम्म लोडसेडिङ थियो,तर जब उनी बिधुत प्राधिकरणमा आए त्यो लोडसेडिङलाई जरैबाट हटाएर उज्यालो नेपाल बनाए।साथै अरबौ घाटा खेपिरहेको प्राधिकरणलाई अझ अरबौ नाफामा समेत लगेका थिए।
उनलाइ पटकपटक नेपाल सरकारका उर्जामन्त्री दिपक खड्काले स्पष्टीकरण सोधेको थियो।जनता,अनि राजनीति विश्लेषकहरुले कुलमनमाथी व्यक्तिगत रिसइबि साधिएको,इमानदार भएर कमिसन नदिएको हुनाले उनलाइ यसरी दुख दिइएको आरोप उठिरहेको थियो।
दुइदिन अघि सोमबार मन्त्री परिषदको बैठकले स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नआएकोले हटाएको छ।र उनको ठाउँमा सरकारले हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।
कुलमान घिसिङ समर्थमा आन्दोलन रोकिने छाटाकाट छैन।आन्दोलनकारिहरुले सरकारले माफी माग्दै इमानदारीतालाइ पुरस्कृत गर्दै पुनर्बहाली गरिनुपर्छ,उर्जामन्त्री खड्काले राजिमाना दिनुपर्छ भन्ने माग गरिरहेका छन् ।
यसै सिलसिलामा पहिचानवादी शक्तिले पनि कुलमानलाइ समर्थन गर्दै सरकारले गल्ती नसच्याए आन्दोलनमा जाने आजकोकुरा डटकमसङ बताएका छन् ।
आजकोकुरामा पहिचानवदि शक्तिका नेताले के भने?भिडियो:

LEAVE A REPLY