वुद्दिमान परियारको एक कविता “विनास यात्रा”

0
60

आजकोकुरा: चैत ११,काठमाडौ।राजनीतिकर्मी तथा गीतकार ,साहित्यकार बुद्दिमान परियारले पनि गणतन्त्र रक्षार्थ गर्दै पुर्वराजा प्रती व्यंग प्रहार गरेका छन् ।
हाल नेकपा एमालेका युवा नेता समेत रहेका साथै दर्जनौ गीत ,कबिता लेखिसकेका परियारले “विनास यात्रा” कविता मार्फत पुर्वराजा प्रती व्यंग प्रहार गरेका हुन्।

कविता यसप्रकार छ।

विनास यात्रा” – बुद्दिमान परियार।
राजगद्दीमा बसेका थियाै २४० बर्ष
अहिले गाेहीकाे जसरी आँसु झर्छ
नारायण हिटी सम्झि कतिन्जेल बाँचु
त्यागेकाे राजसंस्था फिर्ता लिई कसरी हाँसु

केही स्वार्थीहरु मलाई उचाल्न थाले
मन्त्री,प्रधानमन्त्री बन्ने उनीहरुको आस,
यीनीहरुकाे गलत लै लै र उचालैमा लागे
नागर्जुन जंगलमा पाे हुने हाे कि बास!

मन्दिर धाउनु पुकार गर्नु,नेपालकाे हितमा
गणतन्त्र माथिआँखा लाए पुगिन्छ चितामा
महाराज चुपचाप बसाै आफ्नै निवासमा
समय खेर नफालाैआफू राजा हुने आसमा।

 

LEAVE A REPLY